आर्थिक क्षेत्रलाई चलायमान बनाउन महोत्सवको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री काकी
बिर्तामोड । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मेला महोत्सवले आर्थिक क्षेत्रलाई चलायमान बनाउने बताउनु भएको छ । शिथिल बनेको उधोग व्यापारको क्षेत्रलाई मेला महोत्सवले चलायमान बनाउन सहयोग गर्ने बताउनु भएको हो ।
आजबाट झापाको बिर्तामोडमा सुरु भएको बिर्तामोड अन्तराष्ट्रिय औधोगिक व्यापार महोत्सवलाई उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले मेला महोत्सवका लागि क्यालेण्डर बनाएर आयोजना गर्न सुझाव दिनुभयो । निजी क्षेत्रलाई मेला महोत्सव आयोजना गर्दा क्यालेण्डर बमोजिम गर्दा मात्रै सबै उधोगी व्यवसायीहरु सबैतिर पुग्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, बिर्तामोडमा ८ गतेदेखि महोत्सव सुरु भयो, विराटनगरमा ११ गतेदेखि सुरु हुदैछ । यस्तो अवस्थामा उधोगी व्यापारीहरुले आफ्नो उत्पादनलाई महोत्सवमा पुराउन सक्दैनन् ।
मुख्यमन्त्री कार्कीले राजनीतिक स्थायित्व भए मात्रै उधोग व्यापारको क्षेत्रमा सुधार ल्याउन सक्ने बताउनु भयो ।
महोत्सव उद्घाटनको अवसरमा प्रमुख अतिथिको रुपमा बोल्दै उहाँले मेला प्रदर्शनीले आर्थिक गतिविधि गर्न सक्ने सन्देश समेत दिनुपर्ने बताउनुभयो । मेला, महोत्सवले निजी क्षेत्र चलायमान बनाउन सहयोग गर्नुपर्ने उहाँको धारणा छ ।
बिर्तामोड उधोग वाणिज्य संघले आयोजना गर्ने महोत्सवले यहाँको आर्थिक क्षेत्रलाई चलायमान बनाउन सहयोग गरिरहेको भन्दै कोशी प्रदेश सरकार सधैव सहयोगका लागि तयार रहेको मुख्मन्त्री कार्कीको प्रतिवद्धता थियो । उहाँले झापामा अवसरका धेरै ढोकाहरु खुलेको बताउँदै उधोग, व्यापार र पर्यटनका लागि भर्जिन जिल्ला रहेको भनाई राख्नुभयो । महोत्सवको सफलताको शुभकामना दिदैं कार्कीले आगामी दिनमा मेला सुरु गरेको भोलीपल्ट मात्रै उद्घाटन कार्यक्रम राख्न सूझाव दिनुभयो ।
पालिकालाई पैसा नउठाउन निर्देशन
मुख्यमन्त्री कार्कीले झापाका पालिकाहरुले ढाट बनाएर सवारीहरुमा पैसा उठाएको विषय ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले जिल्ला भित्रिने पर्यटक र पाहुनाहरुका सवारीबाट पालिका पिच्छे ढाट लगाएर पैसा उठाउने काम तत्काल रोक्न निर्देशन दिनुभयो । प्रमुख जिल्ला अधिकारीलाई उक्त कार्य भए तत्काल रोक्न निर्देशन दिदैं मुख्यमन्त्री कार्कीले अन्तराष्ट्रिय सीमामा प्रदेश सरकारले एक ठाउँमा एक पटक कर लिने लिने र सो वापतको ४० प्रतिशत रकम पाकिलाहरुलाई नै पठाउने गरेको जानकारी दिनुभयो ।
पालिकाहरुले ढाट लगाउन, पैसा उठाउन काम छैन । कानुन, नियमभन्दा बाहिर पालिकाहरु जान मिल्दैन – उहाँले भन्नुभयो ।
जग्गा खोज्न आग्रह
मुख्यमन्त्री कार्कीले ०७५ सालमा बोलेको विषयलाई फेरि दोहोर्याउनु भएको छ । महोत्सवमा उहाँले आफु मन्त्री भएकै बेला सार्वजनिक जग्गा खोजी गर्न आग्रह गरेको विषयलाई स्मरण गर्दै भन्नुभयो, पहिले पनि भनेको थिए, फेरि भन्छु – जग्गा खोज्नुहोस् । औधोगिक प्रदर्शनी तथा प्रवर्धनका लागि संरचना निर्माण गर्न प्रदेश सरकारले सहयोग गर्नेछ । उहाँले प्रदेश सरकारसँग जमिन नभएको भन्दै भाडाको जग्गामा भए पनि प्रदर्शनीका लागि लगानी गरिदिने घोषणा गर्नुभएको छ ।
भ्रम छर्नेलाई कारबाही गर्ने
मुख्यमन्त्री कार्कीले एमाले कांग्रेस रहरले नभई राष्ट्रिय आवश्यकताले साझेदारी गरिरहेको बताउनुभयो । जनमत भएको ठुला दुई दलहरुलाई जनमत नभएकाहरुले च्याँखे थापेर घुमाएकाले दुई दल एक ठाउँमा उभिएको उहाँको धारणा छ । राजनीतिक स्थायित्वका लागि कांग्रेस एमाले मिलेपछि निष्कृय रहेको आर्थिक क्षेत्र समेत सक्रिय भएको बताउनुभयो । ७ बुँदे सहमतिका साथ सत्तामा सहकार्य र निर्वाचनमा स्वच्छ प्रतिष्पर्धा गर्ने कांग्रेस एमालेविरुद्ध भ्रम फैलाउने काम भएको जिकिर गर्नुभयो । सामाजिक सञ्जालको दुरुपयोग गर्नेहरुले सरकार अहिले, भरे नै ढल्ने अफवाह फैलाइरहेको देखिन्छ, उहाँले थप्नुभयो – यो सबै जनमत नभएकाहरुको कोठे काम हो । यसको पछाडि लाग्न हुदैन । अफवाह मात्र हो ।
सरकारले अफवाह फैल्याउनेहरुलाई नोटिसमा राखेको भन्दै त्यस्ता गतिविधिमा सक्रियलाई कानुनी कारबाहीको दायरामा ल्याउने धारणा व्यक्त गर्नुभयो ।
जान्नेलाई छान्ने भनेको ठगी गर्ने हो ?
महोत्सवमा बोल्दै उहाँले ऋण लिएर तिर्दिन भन्न नपाइने बताउनु भएको छ । वित्तीय संस्थाले कानुन बमोजिम ऋण दिन र उठाउन पाउने बताउनु भयो । उहाँले कानुन विपरित काम गर्ने छुट वित्तीय संस्था र ऋणी कसैलाई पनि नभएको भन्दै लिएको ऋण तिर्नुपर्ने बताउनुभयो ।
अर्को एक प्रशंगमा मुख्यमन्त्री कार्कीले जान्नेलाई छान्ने भनेको सहकारीमा ठगी गर्ने हो ? भन्ने भन्दै प्रश्न गर्नुभयो । जान्ने भनेको ठगी गर्ने हो ? बोल्ने मात्र हो ? सदस्यहरुले मकै बेचेर, बाख्रा बेचेर जम्मा गरेको रकम कसैले ठगी गर्न नमिल्ने बताउनुभयो । कांग्रेस एमालेका कोही कसैले पनि ठगी गरेमा उन्मूक्ति नपाउने भन्दै सहकारी वा कुनै पनि वित्तीय क्षेत्रमा घोटला गर्नेहरुलाई कारबाहीको दायरामा ल्याएरै छोड्ने मुख्यमन्त्री कार्कीको भनाई छ ।
महोत्सव १९ गतेसम्म
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा आयोजित महोत्सव उद्घाटन सत्रमा बिर्तामोड नगरप्रमुख पवित्रा महतरा प्रसाई,नेपाल उद्योग वाणिज्य महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत, केन्द्रीय सदस्य उमेश डालमिया, नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे , दमक उद्योगा वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
माघ १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा १७० वटा व्यवसायीक स्टल रहेका छन् । खेल सामग्री, फुडकोड, सेल्फीजोन समेत रहेको महोत्सव अवधिभर नेपालका प्रशिद्ध कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहने उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडाले जानकारी दिनुभएको छ ।
कार्यक्रममा महोत्सव मूल आयोजक समिति संयोजक विशाल थापाले स्वागत मन्तब्य राख्नु भएको थियो । त्यसअघि संघको कार्यालयबाट उद्योगी व्यवसायीहरु तथा शुभेच्छुकहरुको समूह विभिन्न झाँकीहरु सहित नगरपरिक्रमा गर्दै महोत्सवस्थल पुगेका थिए ।