जेष्ठ १०, २०८२ शुक्रबार

झापामा मापसे कारवाहीबाट ८ लाख बढी राजश्व संकलन

बिर्तामोड । झापामा मादक पदार्थ सेवन (मापसे) कार्वाहीबाट ६ महिनामा ८ लाखभन्दा बढी राजश्व संकलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले कारबाहीबाट उक्त रकम बराबरको राजश्व संकलन गरेको हो ।

चालु आर्थिक वर्षको साउनदेखि पुष मसान्तसम्म ट्राफिक प्रहरी कार्यालयले मापसे कार्वाहीबाट ८ लाख ६ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ । ६ महिनाको अवधिमा १ हजार २६४ वटा सवारी साधनलाई कार्वाही गर्दा त्यति राजश्व संकलन भएको प्रहरी निरीक्षक गणेश पौडेलले बताए ।

सबैभन्दा बढी पुष महिनामा मापसे कार्वाहीबाट राजश्व संकलन भएको छ भने सबैभन्दा कम असोज महिनामा संकलन भएको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार साउनमा १ लाख ८४ हजार ५०० , भदौमा ८६ हजार , असोजमा ६४ हजार , कात्तिकमा १ लाख २३ हजार , मंसिरमा १ लाख ६१ हजार ५०० र पुषमा १ लाख ८७ हजार ५०० रुपैयाँ संकलन भएको छ ।

त्यस्तै सबैभन्दा बढी मोटरसाइकल कार्वाहीबाट राजश्व संकलन भएको प्रहरी निरीक्षक पौडेलले बताए । उनका अनुसार ७३७ वटा मोटरसाइकललाई कार्वाही गर्दा ४ लाख ८१ हजार ५०० रुपैयाँ संकलन भएको छ । त्यसपछि ३०३ वटा जिप , कार र भेनलाई कार्वाही गर्दा १ लाख ९१ हजार ,११९ वटा टेम्पो , अटो र सिटीरिक्सालाई कार्वाही गर्दा ७१ हजार , ४७ वटा ट्रकलाई कार्वाही गर्दा ३० हजार ५०० , ४६ वटा ट्रयाक्टरलाई कार्वाही गर्दा २५ हजार ,११ वटा टिपरलाई कार्वाही गर्दा ७ हजार र एउटा बसलाई कार्वाही गर्दा ५०० रुपैयाँ राजश्व संकलन भएको छ ।

यसैबीच गत पुष १२ गते कमल गाउँपालिका– ३ केर्खामा २८ जना चालक र सहचालकलाई लागूपदार्थ सेवन चेकजाँच गर्दा १४ जनामा पोजेटिभ भेटिएको र उनीहरुलाई कानुनबमोजिम म्याद थप गरी मुद्धा चलाइएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिएका छन् ।

प्रकाशित मिति : माघ ११, २०८१ शुक्रबार  ७ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]