जेष्ठ २६, २०८२ आईतबार

कचनकवल जेसीजको पद हस्तान्तरण तथा नागरिक अभिनन्दन

भद्रपुर । कचनकवल जेसीजको तेस्रो पद हस्तान्तरण तथा नागरिक अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका क्रममा वर्ष २०२४ का अध्यक्ष बेनुप प्रसाईंले वर्ष २०२५ का अध्यक्ष निर्मल दाहाललाई जेसीज चेन हस्तान्तरण गर्दै औपचारिक रूपमा पद हस्तान्तरण गरे ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले कार्यक्रम उद्घाटन गर्दै नवनिर्वाचित पदाधिकारीहरूलाई शुभकामना तथा संस्थाको विकास र समुदायप्रतिको योगदानलाई अझ प्रभावकारी बनाउन प्रेरणा व्यक्त गरे । कार्यक्रममा वर्ष २०२४ का कार्यकारिणी उपाध्यक्ष अर्जुन चम्लागाईंले आस्था वाचन गरेका थिए भने वर्ष २०२४ की सदस्य प्रतीक्षा कार्कीले जेसीजको मिसन र भिजन प्रस्तुत गरिन् ।

कार्यक्रमको संयोजन मनिष दाहालले गरेका थिए भने नवगठित कार्यसमिति २०२५ का उपाध्यक्ष आशिष वाग्लेले स्वागत मन्तव्य राखेका थिए । नागरिक अभिनन्दन कार्यक्रमको घोषणा कचनकवल जेसीजका संस्थापक अध्यक्ष तथा निर्वाचन आयुक्त खगेन्द्र पाण्डेले गरेका थिए ।

कार्यक्रममा स्वास्थ्य शाखा कचनकवलका जनस्वास्थ्य निरीक्षक नवीन मिश्र, प्राथमिक स्वास्थ्य केन्द्र बनियानीका कार्यालय प्रमुख तथा मेडिकल अफिसर डा दिपेन राजवंशी, अहेब हृदयनारायण शाह, र नवाज नुरी अहमदलाई सर्पदंश उपचार क्षेत्रमा पु¥याएको योगदानका लागि अभिनन्दन गरियो। साथै, कचनकवल क्षेत्रका उत्कृष्ट क्रिकेट खेलाडी अनिल लामिछानेसहित अन्य खेलाडीहरूलाई पनि सम्मान गरिएको थियो ।

नवगठित कार्यसमिति २०२५ मा अध्यक्ष निर्मल दाहाल, कानुनी सल्लाहकार गोपाल घिमिरे, कार्यकारिणी उपाध्यक्षहरू नवराज ढुंगाना र उषाकिरण लम्साल, उपाध्यक्षहरू दिनेश चौधरी, प्रजापति (नवीन) मैनाली, प्रतीक्षा कार्की, र उत्तम गौतम रहेका छन् । अध्यक्ष दाहालले महासचिवमा आशिष वाग्ले र कोषाध्यक्षमा मनिष दाहाललाई मनोनीत गरेका छन् ।

समारोहमा नवगठित कार्यसमितिका पदाधिकारीहरूले अध्यक्ष दाहालको नेतृत्वमा शपथ ग्रहण गरेका थिए । कार्यक्रममा अध्यक्ष दाहालको अडियो बायोडाटा पनि प्रस्तुत गरिएको थियो । कचनकवल माविका छात्राहरूले स्वागत नृत्य प्रस्तुत गरी कार्यक्रममा उत्साह थपेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी, उपाध्यक्ष नवराज भट्टराई,पूर्व कोशी प्रदेशका प्रदेश सभा सदस्य बसन्त बानियाँ, विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य उमाशंकर गणेश, र अन्य क्षेत्रका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो ।

नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी गणेश सापकोटाको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रमले युवा नेतृत्व र सामुदायिक सेवाको महत्वलाई उजागर गरेको थियो ।

प्रकाशित मिति : माघ १४, २०८१ सोमबार  ७ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]