बैशाख २३, २०८२ मंगलबार

बिर्तामोड महोत्सवमा एउटा टिकट खरिद गर्दा अर्काे फ्रि

झापा, माघ १४ । बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा सहभागीलाई मध्यनजर गर्दै महोत्सव आयोजक समितिले एउटा टिकट खरिदमा अर्काे टिकट फ्रि गरेको छ । अर्थात अब एक सय रुपैयाँको टिकट लिदा दुई वटा टिकट पाइने भएको छ । योसंगै एनसेलका दुई वटा सिम सित्तैमा र एक प्याकेट सेनिटर प्याडसमेत उपलब्ध गराउने भएको हो । महोत्सवलाई थप रोचक र चलायमान बनाउन महोत्सव आयोजक समितिले यस्तो निर्णय गरेको हो ।

यो निर्णय आज माघ १४ गते सोमवारबाट लागू भएको छ । माघ १९ गते सम्म सञ्चालन हुने महोत्सव अवधिभर यो निणर्य लागू गरिने छ महोत्सव मूल  आयोजक समितिका सदस्य विपीन बजगाईले भन्नुभयो । महोतसवमा सहभागीलाई साँझ ५ वजेसम्मका लागि यो सुविधा प्रदान गरिएको हो ।

माघ ८ गतेदेखि जारी अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा हरेक दिन राष्ट्रिय कलाकारहरले साँझ साङ्गिितक प्रस्तुति दिँदै आएका छन् ।

आदिवासी जनजाति महासंघको समन्वयमा दिनभर विभिन्न जात जातिको सास्कृतिक कार्यक्रम समेत महोत्सवमा प्रस्तुत गरिँदै आएको छ ।

प्रकाशित मिति : माघ १४, २०८१ सोमबार  ७ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]