बैशाख २३, २०८२ मंगलबार

‘एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाएर अस्थिरताको अन्त्य गर्नुपर्छ’

बिर्तामोड । नेकपा (एमाले) का सचिव एवम् पूर्व कृषिमन्त्री छविलाल विश्वकर्माले एमालेसँग कसैको पनि तुलना हुन नसक्ने बताउनुभएको छ । बिर्तामोडमा बिहीवार नेता, कार्यकर्ताहरुसँगको संक्षिप्त भेटमा उहाँले विरोधीहरुले पनि एमालेसँग कसैको तुलना नहुने स्वीकार गरिसकेको बताउनुभयो ।

नेकपा एमाले बाह्रदर्शी गाउँ कमिटीको कार्यकर्ता मिलन कार्यक्रममा सहभागी हुन आज झापा आउनु भएका सचिव विश्वकर्माले एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । एमालेसँग कसैको तुलना हुदैन, एमाले राष्ट्रिय शक्ति हो, उहाँले थप्नुभयो – ‘एमालेलाई अब निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्छ । एमाले निर्णायक शक्ति भएपछि मात्रै मुलुकमा अस्थिरताको अन्त्य हुनेछ ।’ राष्ट्रिय शक्ति नहुञ्जेलसम्म अस्थिरता झेलिरहनुपर्ने उहाँको धारणा थियो ।

केन्द्रीय सचिव विश्वकर्माले पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एकतावद्ध एमाले पहिलो र अनिवार्य शर्त भएको बताउनुभयो । कांग्रेस एमालेबीचको समझदारी रहुन्जेलसम्म मुलुकमा कुनै पनि समस्या नआउने बताउदै नेता विश्वकर्माले सरकार र पार्टीले सोही अनुसारको कामलाई अघि बढाउनुपर्ने बताउनुभएको छ ।

पार्टीलाई बलियो बनाउन विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेको बताउँदै उहाँले फराकिलो मन बनाएर काम गर्न निर्देशन दिनुभयो । पार्टीभित्र उदारभाव चाहिन्छ, सबैले आफ्नो जिम्मेवारी अनुसार काम गर्नुहोस्, उहाँले थप्नुभयो ।
जनप्रतिनिधिहरुलाई प्रतिवद्धतालाई ख्याल गर्दै काम गर्न आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : माघ १७, २०८१ बिहीबार  ८ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]