बैशाख २४, २०८२ बुधबार

उपाधिका लागि बिर्तामोड र भद्रपुर खेल्दै

बिर्तामोड । बर्खा इन्डो नेपाल महिला क्रिकेट प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा नेपाल महिला टिम ६ विकेटले विजय भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतको टिमले ११८ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो । भारतका लागि अंकिता मोहनताले सर्वाधिक ६२ रनको पारी खेले पनि अन्य खेलाडीले साथ दिन सकेनन् । सस्तैमा समेट्ने क्रममा नेपालका प्रियाले ३, रिया शर्मा र ज्याति दनुवारले समान दुईदुई र संगीता राईले १ विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रेको नेपालका लागि राष्ट्रिय खेलाडी अप्सरी बेगम अविजित रहँदै ६२ रन र पायल मगरको २० रनको मद्दतले सजिलै लक्ष्य प्राप्त गर्न सफल भयो ।

भारतका लागि अरुना बर्मन, निकिता शाह र नौमिता सरकारले समान एकएक विकेट लिए भने विमला रन आउट भइकी थिइन् । बेगम खेलको प्लेयर अफ द म्याच हुँदै पुरस्कृत भइन् ।

उपाधिका लागि बिर्तामोड र भद्रपुर खेल्दै
यसैबीच, झापाको बुद्धशान्तिमा जारी झापा जिल्ला दोस्रो बर्खा स्मृति अन्तरपालिका टि २० पुरुष क्रिकेट प्रतियोगिताको उपाधिको लागि बिर्तामोड र भद्रपुर नगरपालिका खेल्दै छन् ।

पहिलो संस्करणको विजेता बिर्तामोडले गौरादहलाई ४ विकेटले र भद्रपुर नगरपालिकाले मेचीनगरलाई ११६ रनले पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए ।

प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले बताए ।

त्यस्तै, फाइनलका प्लेयर अफ द म्याचले ७ हजार तथा प्लेयर अफ द सिरिजलाई १३ हजार पुरस्कार दिइनेछ ।

प्रकाशित मिति : माघ १८, २०८१ शुक्रबार  ६ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]