बैशाख २५, २०८२ बिहीबार

ऋणबाट होइन, अनुदानबाट बिर्तामोडमा देवी कम्प्लेक्स बनाउने मेयरको चहाना

बिर्तामोड । बिर्तामोड नगर कार्यपालिकाको निर्णय अनुसार डेढ वर्षअघि खाली गराइएको बिर्तामोड–५ स्थित देवी हाटमा व्यापारिक भवनको निर्माण सुरु हुन सकेको छैन । तत्कालै बहुतले व्यवसायिक भवन निर्माण सुरु गर्ने भनिएको देवि हाट अहिले टिनले घेरावारा गरेर सुरक्षित राखिएको छ ।

बिर्तामोडको दोस्रो नगर सभाको छैटौं अधिवेशनमा बिहीवार देवी हाटको सन्दर्भ उठेको थियो । नगर प्रमुख पवित्रा महतारा प्रसाईले आफै देवी हाटको विषय प्रस्तुत गर्नुभएको थियो । अहिलेसम्म काम सुरु नभएपछि उहाँले नगरबासीले प्रश्न उठाउन सक्ने भन्दै त्यसका बारेमा स्पष्ट बनाउनुभयो ।

ठुलो चुनौति व्यहोरेर देवी हाट क्षेत्र खाली गरिए पनि निर्माण गर्ने सन्दर्भमा पछि परेको उहाँको स्वीकारोक्ति थियो । देवी हाटमा देवी कम्प्लेक्स निर्माण गर्न नगर विकास कोषसँग साझेदारी गर्ने नगरपालिकाको योजना थियो । सुविधा सम्पन्न कम्प्लेक्स निर्माणका लागि ८४ करोडको डीपीआर भएको नगर प्रमुख प्रसाईको भनाई छ ।

८४ करोड लागत अनुमान गरिएको देवी कम्प्लेक्स भद्रपुरको जीपी भवन जस्तो अवस्था बन्न नपरोस भन्ने चहाना छ, नगर प्रमुख भन्नुहुन्छ – नगर विकास कोषको रकम चलाएर भवन निर्माण गर्ने कि नगर्ने भन्ने विषयमा अन्यौलमा परेका छौं । ठुलो ऋण लागेर भोली तिर्न नसक्ने हो कि भन्ने चिन्ता पनि छ । लगानीका बारेमा नगर विकास कोषले समेत के होला भन्ने संसयले ढिलाई गरिरहेको प्रमुख प्रसाईले नगरसभामा स्पष्ट पार्नुभयो ।

नगर प्रमुख प्रसाईले देवी हाटमा बनाइने बहुतले व्यवसायिक भवन सरकारको अनुदानबाटै बनाउन पाए हुन्थ्यो भन्ने धारणा व्यक्त गर्नुभएको छ । यहाँका व्यवसायी र नगरबासीका लागि ऋण्भन्दा पनि अनुदानबाट भवन निर्माण गर्नु उपयुक्त हुने उहाँको भनाई थियो । बुधबारे हटिया अर्थात देवी हाटमा कतिपयले घर नै बनाएर बसोबास गर्दै आएका थिए ।

बुधबारे हटियामा बहुतले व्यवसायिक भवन निर्माणका लागि डीपीआर गर्न भन्दै ठाउँ खाली गरिएको थियो । बुधबारे हटियामा त्यो बेला ७० वटा घर टहरा थिए ।

स्थानीय राजनीतिक दलहरुको लिखित सुझाव र सहमतिका आधारमा बुधबारे हटियालाई व्यवस्थित गर्न खाली गराइएको थियो । दलहरुकै सुझावमा कार्यपालिकाले घर टहरा खाली गर्ने निर्णय गरेको थियो ।
दाताले दिएको १ विगाह ३ कठ्ठा जमिनमा बुधबारे हटिया स्थापना गरिएको थियो ।

प्रकाशित मिति : माघ १९, २०८१ शनिबार  १० : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]