बैशाख २५, २०८२ बिहीबार

सरकारको काम फिल्डमा देखिन्छ : मन्त्री दाहाल

बिर्तामोड । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सरकारका साझेदारहरुबीच दर्विलो विश्वास रहेकोले सरकार कहिले ढल्छ भनेर धेरै पीर नलिन विपक्षीहरुलाई सूझाव दिनुभएको छ । संसदभित्रको अंक गणित बुझेर मात्र सरकारको जोखाना हेर्नुपर्ने उहाँको धारणा छ ।

विभिन्न कार्यक्रममा सहभागी हुन शनिवार साँझ झापा आउनु भएका मन्त्री दाहालले बिर्तामोडमा जिल्लाका जनप्रतिनिधिहरु, प्रदेश सांसद, मन्त्री र जिल्लाका पार्टी नेताहरुसँगको भेटघाटमा यस्तो बताउनु भएको हो । देश आधुनिक सुरुङ युगमा प्रवेश गरेको बताउदै उहाँले यो सरकार बनेपछि के कति काम भन्ने बारे बुझ्नलाई फिल्डमा जानुपर्ने बताउनुभयो । अवरुद्ध योजनाहरु गति दिएको बताउँदै मन्त्री दाहालले विकासमा अवरोध हुने कानुन वा नियम संशोधन गर्दै जाने धारणा व्यक्त गर्नुभएको छ ।

समृद्ध नेपाल, सुखी नेपालीको जग दर्विलो बनाउदै सरकारले विकास निर्माणको कामलाई गति दिने सरकारको प्रमुख दायित्व भएको बताउनुभएको छ । मन्त्री दाहालका अनुसार आगामी बजेटमा योजनाहरु पहुँचका आधारमा नभई आवश्यकताका आधारमा छनौट गरिनेछ । जनप्रतिनिधिहरुलाई पनि सोही प्रकृतिका योजना सिफारिस गर्न सूझाव दिनुभयो ।

नागरिकको जीवनमा रुपान्तरण ल्याउने किसिमका योजनालाई प्राथमिकता दिन आग्रह गर्दै मन्त्री दाहालले आधारभुत आवश्यकलाई नभूल्न भन्नुभएको छ । मन्त्री दाहालले कृषि उपजको बजारिकरण हुने र उत्पादन वृद्धि गर्ने योजना आवश्यक भएको धारणा राख्नुभयो ।

प्रकाशित मिति : माघ १९, २०८१ शनिबार  ९ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]