जेष्ठ १७, २०८२ शुक्रबार

कोशी प्रदेशमा आजदेखि एचपीभी खोप अभियान सुरु

विराटनगर । कोशी प्रदेशमा आजदेखि सुरु भएको एचपीभी खोप अभियानमा लक्षित वर्गका बालिकाहरु कोही पनि नछुट्ने गरी काम गर्न मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आग्रह गर्नुभएको छ ।

पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपीभी (ह्युमन प्यापिलोमा भाईरस) विरुद्धको खोप अभियान २०८१ को उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री कार्कीले एक जना किशोरी छुटेमात्रै पनि यसले समाजमा नकरात्मक असर गर्ने भन्दै विशेष ध्यान दिन आग्रह गर्नुभयो । आज कोशी प्रदेश स्तरीय एचपीभी खोप अभियानको सुनसरीको बर्जु गाउँपालिकामा रहेको रामसीता माध्यमिक विद्यालयमा उद्घाटन गर्नुहुँदै उहाँले जनताको स्वास्थ्य पहिलो प्राथमिकता रहेको बताउनुभयो । प्रदेशबासीको स्वास्थ्य नै पहिलो दायित्व रहेकोमा प्रदेश सरकार स्पष्ट रहेको भन्दै उहाँले सबै खाले खोपहरुलाई नियमित बनाउने समेत बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले सबैलाई ढुक्क भएर खोप लगाउन समेत आग्रह गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका स्वास्थ्यमन्त्री भुपेन्द्र राईले खोप अभियानमा कुनै पनि लक्षित उमेर समूहका कुनै पनि किशोरी छुट्न नहुनेमा जोड दिनुभयो ।

अभियान अन्र्तगत विद्यालय जाने कक्षा ६ देखि १० सम्मका छात्राहरु ५० हजार ५९७ र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका बालिकाहरुलाई खोप लगाइने छ । एचपीभी विरुद्धको खोप अभियान कोशी प्रदेशमा आजदेखि फागुन ७ गते सम्म सञ्चालन हुँदै छ । अभियानमा अभियानको आरम्भ कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले सुनसरीको बर्जुमा रहेको रामसीता माध्यमिक विद्यालयबाट गरेको हो ।

प्रकाशित मिति : माघ २२, २०८१ मंगलबार  ६ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]