बैशाख २५, २०८२ बिहीबार

प्रेस चौतारी झापाले दोमुखामा मनायो २७ औं स्थापना दिवस

दोमुखा । प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाले संगठनको २७ औं स्थापना दिवस मनाएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्र झापाको शिवसताक्षी–१० स्थित दोमुखामा प्रेस चौतारीले स्थापना दिवस मनाएको हो ।

सोही कार्यक्रममा प्रेस चौतारी नेपाल झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषमा आर्थिक सहयोग समेत जुटेको छ । बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईले आफ्नो श्रीमान स्वर्गीय ज्ञानुराम प्रसाईको स्मृतिमा ५१ हजार रकम पत्रकार उपचार सहयोग कोषमा हस्तान्तरण गर्ने घोषणा गरेकी छिन् । यस्तै पत्रकार उपचार कोषकी संयोजक भिमा शिवाकोटीले २५ हजार ५ रुपैयाँ, नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराईले ११ हजार र अनेमसंघ झापाकी कोषाध्यक्ष कोपिला चम्लागाईले नगद ५ हजार रुपैयाँ कोषलाई प्रदान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले कोशी प्रदेश इञ्चार्ज, प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राई, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई, नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, दोमुखा धार्मिक पर्यटकीय संस्थाका अध्यक्ष धनप्रसाद लावती, प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष पुष्प खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए । बनभोजसहित आयोजना गरिएको कार्यक्रममा बिभिन्न मनोरन्जान्मक कार्यक्रम तथा सांस्कृतिक कार्यक्रम गरिएको थियो । सो अवसरमा अश्लिल, मिथ्या तथा भ्रामक बिषयवस्तु प्रचारप्रसार बिरुद्ध झापाली पत्रकार प्रतिवद्ध छौ भन्दै हस्ताक्षर कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।

कार्यक्रममा प्रेस चौतारी झापाको गत माघ ११ गते सम्पन्न १० औं अधिवेशनबाट चयन भएका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र समेत बितरण गरिएको थियो । सो कार्यक्रमको सहजीकरण निर्वाचन समिति सदस्य गोपाल काफ्लेलले गरेका थिए ।

चौतारी झापाका अध्यक्ष प्रदीप परियारको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका कोशी प्रदेश इञ्चार्ज, कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्य रहेको थियो । स्वागत उपाध्यक्ष राजु पोखरेलले गरेको कार्यक्रमको सञ्चालन सचिव युवराज आचार्यले गरेका थिए ।

कार्यक्रममा नेकपा एमाले झापा अध्यक्ष प्रेम गिरी, बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराई, हल्दीबारी गाउँपालिका अध्यक्ष त्रिलोचन सापकोटा, बाह्रदशीका अध्यक्ष अनिल सापकोटा, दमकका अध्यक्ष राम पौडेल, गौरीगञ्जका अध्यक्ष विष्णु न्यौपाने, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, प्रेस युनियन झापा अध्यक्ष गिरीराज भट्टराई, मिडिया नेपाल झापाका अध्यक्ष रन्जित प्रसाईलगायत बिभिन्न संघसंगठनका प्रमुख तथा प्रतिनिधि, एमालेका बिभिन्न तह र तप्कामा रहेको प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : माघ २२, २०८१ मंगलबार  ७ : ११ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]