बैशाख २०, २०८२ शनिबार

भोलीदेखि बिर्तामोडमा ‘एड्भान्स पेन स्पेसलिस्ट क्लिनिक’ सञ्चालनमा आउँदै

बिर्तामोड । झापाको बिर्तामोडमा जिल्लामै पहिलो पटक ‘एड्भान्स पेन स्पेसलिस्ट क्लिनिक’ सञ्चालनमा आउने भएको छ ।

झापाको बिर्तामोड नगरपालिका–१ मा माघ २६ गतेदेखि एड्भान्स पेन स्पेसलिस्ट क्लिनिक सञ्चालनमा आउन लागेको हो । बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी क्लिनिक सञ्चालनबारे जानकारी दिइएको छ ।
डा. निरु नेपालले मानसिक र शारीरिक रुपमा रहेको दुखाइको निदानका लागि क्लिनिक सञ्चालन गर्न लागिएको बताउनुभयो । विश्वमा ८० प्रतिशत मानिस कुनै न कुनै दुखाइबाट पीडित रहेको बताउँदै उहाँले बिना अपरेशन सुई र औषधिको माध्यमबाट उपचार गरिने बताउनुभयो ।

दुखाइको कारण पत्ता लगाएर सही उपचार गर्ने उद्देश्यले क्लिनिक सञ्चालन गर्न लागिएको डा. पुष्पक रेग्मीले बताउनुभयो । “रोग नै थाहा नपाई शुरुमै उपचार गर्ने परिपाटी हामीमा छ”, उहाँले भन्नुभयो, “बिरामीको कारण पत्ता लगाएर मात्र हामी उपचार गर्छौं ।”

पत्रकार सम्मेलनमा डा. मुस्कान श्रेष्ठले कतिपय उपचार गर्दा पनि निको नहुने दुःखाइहरु समाजमा रहेको बताउँदै दुखाइ मुक्त समाज बनाउनका लागि क्लिनिक सञ्चलन गर्न लागिएको बताउनुभयो । दुःखाइ लामो समयपछि रोग बन्न सक्ने भएकाले बेलैमा उपचार गर्नुपर्ने उहाँले बताउनुभयो ।

नेपालामा उपचारका लागि आउने बिरामीमध्ये ३० देखि ७० प्रतिशत क्रोनिक अवस्थाका बिरामी हुने गरेको डा. कविन सापकोटाले बताउनुभयो । लामो समयदेखि दुखाईको पीडा भोगिरहनुभएका बिरामी धेरै आउने गरेको बताउँदै उहाँले उनीहरुको उपचारका लागि लामो समय लाग्ने बताउनुभयो । उपचारमा आएका बिरामीको अवस्था बुझ्न निरन्तर आफूहरु जोडिरहने उहाँको भनाइ छ । क्लिनिकमा विशेषज्ञता हासिल गरेका तीन जना डाक्टरले बिरामीको समस्या निदानमा खटिइने जनाइएको छ । फागुन २६ गते बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाईंले क्लिनिकको उद्घाटन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रकाशित मिति : माघ २५, २०८१ शुक्रबार  ४ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]