क्यूपेक नेपाल अर्जुनधाराको अध्यक्षमा पुनः लोकनाथ दुलाल सर्वसम्मत
अर्जुनधारा । नेपाली बिजुली ,पेन्टर ,प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक नेपाल) अर्जुनधारा नगर कमिटीको अध्यक्षमा पुनः लोकनाथ दुलाल सर्वसम्मत चयन भएका छन् ।
क्यूपेक नगर कमिटीद्वारा शुक्रबार शनिश्चरे बजारस्थित सामुदायिक भवनमा आयोजित छैटौं नगर अधिवेशनबाट दुलाल पुनः सर्वसम्मत चयन भएका हुन् । अधिवेशनले नयाँ कमिटीको उपाध्यक्षमा विपिन महतो, सचिवमा गोपाल कुँवर, सहसचिवमा दिपेन्द्र नेपाल र कोषाध्यक्षमा धिरेन राजवंशीलाई चयन गरेको छ ।
२ बर्ष कार्यकाल रहने नव गठित कमिटीको सदस्यहरुमा सुनिता मण्डल, धन बहादुर मगर, डम्बर बहादुर पौडेल , टंक बहादुर बराईली, प्रेम प्रसाद आचार्य, नरेन्द्र राई, ममता काफ्ले र सोममाया धमलालाई चयन गरिएको निर्वाचन समितिका संयोजक देवकुमार राईले जानकारी दिए ।
त्यसैगरी कमिटीको प्रमुख सल्लाहकारमा तिल बहादुर तामाङ र सल्लाहकारहरु लक्ष्मण दनुवार ,राधा गुरुङ , राजेन्द्र महतो र टंक प्रसाद घिमिरेलाई चयन भएका छन् । निर्वाचन संयोजक राईले क्यूपेक विधान अनुसार निर्वाचित हुने सबैलाई पद तथा गोपनीयता सपथ ग्रहण गराएका थिए ।
क्यूपेक नेपालका केन्द्रीय उपाध्यक्ष अमीर कुमार लिङदेनको प्रमुख आतिथ्यता रहेको अधिवेशन बन्द सत्रमा अध्यक्ष दुलालले कार्यक्रमको अध्यक्षता गर्दै संगठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन क्यूपेक नगर इन्चार्ज कृष्ण बहादुर बस्नेतले प्रस्तुत गरेका थिए ।
सोही अवसरमा संस्थामा लामो समय सम्म आवद्ध भई सहयोग पु¥याउने तहसिर चाम्लिङ राई, साहिदा खाँतुन र दविरम खाँतुनलाई सम्मान–पत्रसहित भोजपुरे करुवाले सम्मान गरिएको थियोे । त्यस्तै शंकर भण्डारीलाई मायाको चिनो स्वरुप करुवा प्रदान गरिएको थियो ।
क्यूपेक नगर कमिटीका सदस्य ममता काफ्लेले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि लिङदेनले शुभकामना मन्तव्य राख्दै यस संस्था वि .स.२०५४ साल जेठ १८ गते गठन भएको अवगत गराए । उनले भने हामीलाई संगठन चाहिन्छ ,यसलाई मजबुत बनाउनुपर्छ ।संगठन दर्बिलो नबनाउने ,हामीले सदस्यता नवीकरण नगर्ने हो भने राज्यले हामीलाई हेप्छ । उनले सबै मजदुरहरु एक जुट भई अगाडि बढ्न आग्रह गरे ।
पुलिस, सेना, कर्मचारीहरुले मात्र राज्य कोषबाट भत्ता पाउने होइन, मजदुरहरुलाई पनि सामाजिक सुरक्षाभत्ता पाउनुपर्छ । बुद्धशान्ति गाउँपालिकामा मजदुरहरुको हकहितका लागि कार्यविधि राजपत्र प्रकाशित भइसकेको छ , तर अर्जुनधारामा कार्यविधि पास हुन् ढिलासुस्ती भएको उनले बताए ।
कार्यक्रमका विशिष्ट अतिथि एवं नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय सदस्य सन्त कुमार राईले श्रम ऐन लागू हुन नसकेको चिन्ता व्यक्त गरे । क्यूपेक मजदुरहरुको सबै खाले घटना हेर्न संस्था भएको बताए छन् । तमाम श्रमिक मजदुरहरुको अस्पताल क्यूपेक नेपाल हो । अस्पतालमा रोगीहरुले आफ्नो रोग डाक्टरलाई नसुनाएमा रोगको उपचार सम्भव छैन् । त्यस्तै मजदुरहरुले पनि आफ्नो पिर मर्का संगठनका अगुवा नसुनाएमा समस्या समाधान नहुने उनको भनाइ थियो । उनले संस्थाको सदस्यता लिदा फाइदा के हुन्छ , नलिदा के हुदैन भन्ने जानकारी गराउदै श्रमिक मजदुरहरुले यो संगठनको सदस्यता बन्न जरुरत छ । मालिकले मजदुरहरुलाई ज्याला नदिएमा या श्रमिकलाई पुलिसले कुटपिट गरेकोमा या कार्य स्थलमा मजदुरहरु अंगभंग ( घाइते ) भएमा यो संगठनले हेर्छ ।
अर्का वक्ता क्यूपेक केन्द्रीय सदस्य तथा मेची इन्चार्ज देवकुमार राईले राज्यले मजदुरहरुलाई ठगेको दुःख व्यक्त गरे । उनले भने राजनीतिक दलहरूले आफ्नो पार्टीका कार्यकर्ताहरु घाइते हुँदा क्षतिपूर्ति दिदैन् तर क्यूपेक नेपालले आफ्ना सदस्यहरु अंगभंग भएमा ५ हजार देखि १० हजार रुपैयाँ क्षतिपूर्ति दिन्छ । कार्यक्रममा क्यूपेक झापाका अध्यक्ष निरानन्द गिरी, अर्जुनधारा ७ का वडाध्यक्ष गोविन्द प्रसाद खतिवडा, जय माता ट्रेडर्स बिर्तामोडका व्यवस्थापक रमेश नेपाल , रिजाल कम्पनी प्रतिनिधि रुद्रप्रसाद ढकाल ,कृष्ण बहादुर बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।