अनेमसंघ झापाको नयाँ नेतृत्वद्वारा सपथग्रहण
बिर्तामोड । अखिल नेपाल महिला संघ (अनेमसंघ) झापाको १० औं जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले सपथग्रहण गरेको छ । जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आज आयोजित कार्यक्रममा नवनिर्वाचित नयाँ नेतृत्वलाई सपथग्रहण गराइएको हो ।
अनेमसंघ केन्द्रीय उपाध्यक्ष मेनुका काफ्लेले नयाँ नेतृत्वलाई सपथग्रहण गराउनु भएको छ । बिर्तामोडमा माघ २६–२७ गते भएको १० औं जिल्ला सम्मेलनले लीला ढुंगेल दाहालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको थियो । अनेमसंघ झापाको नवनिर्वाचित कमिटीको उपाध्यक्षमा रेनुका डाँगी, सिता ढुङ्गाना विक, सचिव कल्पना चम्लागाई (कोपिला), सहसचिव ललिता बस्नेत र कोषाध्यक्षमा मञ्जु बस्नेत थापा सर्वसम्मत हुनुभएको छ । निर्वाचन समितिले लिला ढुंगेल दाहालको नेतृत्वमा ८४ सदस्यीय कमिटी घोषणा गरेको छ ।
कार्यक्रममा नेकपा एमाले झापाका अध्यक्ष प्रेम बहादुर गिरी, केन्द्रीय सदस्य दिपक कार्की, बिर्तामोड नगर प्रमुख एवम् पार्टीको प्रदेश कमिटी सदस्य पवित्रा महतारा प्रसाई, अनेमसंघ केन्द्रीय उपाध्यक्ष मेनुका काफुले, प्रदेश सचिव एवम् निर्वाचन समिति संयोजक हेमकला कँडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सम्मेलनले ११ बुँदे राजनीतिक तथा समसामयिक विषयवस्तु सम्बन्धी प्रस्तावहरु पारित गरेको छ । प्रस्ताव लेखन समितिको संयोजक मिना पोखरेल उप्रेतीले उक्त प्रस्तावहरु प्रस्तुत गर्नुभएको थियो ।