झापामा दुई वटा कुकुर परिचालन गरेर सुरक्षा जाँच
बिर्तामोड । कोशी प्रदेश प्रहरी कार्यालयले झापाको विभिन्न स्थानमा कुकुरको सहायतबाट सुरक्षा जाँच गरेको छ । प्रदेश प्रहरी अन्तर्गत केनाइन् शाखा धरानले दुई वटा कुकुरको सहायतामा जिल्लाका विभिन्न स्थानमा सुरक्षा जाँच गरेको झापा प्रहरीले जनाएको छ ।
धरानबाट खटिएको कुकुरसहितको प्रहरी टोलीले झापा जिल्लास्थित बढी अपराध हुन सक्ने क्षेत्रलाई मध्यनजगर जरी जाँच गरेको प्रहरीको भनाई छ । सुरक्षा जोखिम आंकलन गरिएका स्थानहरुमा कुकुरले सँघेर सुरक्षा जाँच गर्ने कार्य सम्पन्न गरिएको छ । झापाको दमक नगरपालिका वडा नं.५ गोर्खा डिपार्टमेन्ट क्षेत्र, दमक बसपार्क क्षेत्रबाट कुकुरले संभावित अपराधिक क्रियाकलाप हुन सक्ने ठाउँहरुमा सँुघेर जाँच गरेको थियो ।
दमकबाट सुर गरिएको जाँच बिर्तामोड नगरपालिका वडा न.४ पश्चिम बस स्टेन्ट, गिरिबन्धु टि–स्टेटको आसपास, मेचीनगर नगरपालिका वडा नं.६ बसपार्क, मेची पुलको क्षेत्रहरुमा कुकुर परिचालन गरिएको थियो ।
बिभिन्न अपराधिक गतिबिधीहरु, लागुऔषध ओसारपसार, बिष्फोटक पदार्थ तथा सीमा क्षेत्रमा हुन सक्ने अपराधिक क्रियाकलापहरु पहिचान तथा रोकथाममा सहयोग गर्ने उद्देश्यले कुकुर परिचालन गरेर सुरक्षा जोखिमको जाँच गरिएको हो ।
प्रहरीले रेन्जर नाम गरेको कुकुर मार्फत विष्फोटक पदार्थ र पिङ्कु मार्फत लागुऔषधको खोजी गरिएको थियो ।