बैशाख २३, २०८२ मंगलबार

लिम्बुनी ठूली स्मृति कपको फाइनल आज

सागर गौतम
खुदुनावारी – आइतमाया लिम्बुनी ठूली स्मृती कप प्रतियोगिताको फाइनलमा आज जलथल फुटबल क्लब झापा र इन्ट्रा पथरी मोरङ भिड्दै छन् । जलथल फुटबल क्लब झापा र इन्ट्रा पथरी मोरङ बीच दिउँसो १२ बजे झापाको अर्जुनधारा–३, स्थित कैदले प्राकृतिक रंगशालामा सुरु हुनेछ । यी दुवै टिम च्याम्पियन बन्ने दाउमा छन् ।

यसअघि भएको सेमिफाइनल खेलमा गरेको प्रदर्शन प्रभावशाली रहेको छ । सेमीफाइनल खेलमा इन्ट्रा पथरी मोरङले रोलिङ क्लब धुलाबारीको कडा चुनौती पार गर्नुपरेको थियो । इन्ट्रा पथरी मोरङले रोलिङ क्लब धुलाबारीलाई (१-०) गोलले पराजित गर्दै फाइनल लिम्बुनी ठूली स्मृती कपमा छनोट भएको हो । यता रेड हर्स फुटबल क्लब इलामलाई (२–०) गोल गर्दै जलथल फुटबल क्लब झापाले सहजै हार चखाएको थियो । त्यसैले आज पथरीलाई पनि जलथलले कडा चुनौती दिने अनुमान लगाउन सकिन्छ । जलथल र पथरी दुवै जारी प्रतियोगितामा अब्बल देखिएका छन् ।

विजेताले प्रथम पुरस्कार १ लाख ५५ हजार ५ सय ५५ रुपैंया र उपबिजेताले ७७ हजार ७ सय ७७ रुपैंया र ट्रफी, नगद र सम्मान–पत्र पाउने खेल संयोजक दिपक दुलालले जानकारी दिए । सामाजिक क्रियाशिल संस्था च्यारिटी युथ क्लबको आयोजनामा भइरहेको उक्त कपमा अमेरिका निवासी खेल प्रशिक्षक बाबी सुब्बाको मुख्य प्रायोजनमा खेल जारी छ । फाइनलको खेल गोल नेपाल युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुने संयोजक दुललाले बताए ।

प्रकाशित मिति : फाल्गुन ४, २०८१ आईतबार  ११ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]