जरासँगै जनताको मनलाई जोड्न एमाले अभियान : एमाले नेता शेरधन राई
इटहरी । जरासंगै जनताको मनलाई पार्टीसंग जोड्न नेकपा (एमाले) ले वडा तहसम्म तीन महिने अभियान सञ्चालन गरेको नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले बताउनु भएको छ ।
आज (आइतबार) इटहरीस्थित लायन्स क्ल्बको हलमा नेकपा (एमाले) सुनसरी जिल्ला कमिटीले आयोजना गरेको जरा केन्द्रित तीन महिने अभियानको अभिमुखिकरण कार्यक्रममा अभिमुखिकरण गर्दै कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहनु भएका राईले यो अभियान मार्फत २०८४ मा देशको तीनवटै तहमा नेकपा ९एमाले०को सरकार निर्माण गर्दै एमालेको नीतिलाई राष्ट्रिय नीतिका रुपमा रुपान्तरण गर्दै देश र जनतालाई विकास र समृद्धिको बाटोमा डोर्याउने बताउनु भयो ।
कार्यक्रममा जिल्लाभरीका करिव १ हजार २ सय अभियन्ताहरु सहभागी रहेका छन् । कार्यक्रमका विशेष अतिथि राईले आगामी २० वर्षमा चुनावको माध्यकबाट श्रमजीवी वर्गलाई राज्यको संरचनामा स्थापित गरेर समाजवादका आधारहरु तयार गर्ने र समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पुरा गर्ने बताउनु भयो ।
यस अभियानका क्रममा १ हजार ३ सय ९ वटा डेक्स निर्माण गरेर एमाले र एमाले नेतृत्व विरुद्धका हमलाहरुको भण्डाफोर गरिने बताउनु भयो । ५ हजार ६ सय ४५ जना साइवर सेनाहरु परिचालन गरेर हाम्रा विरुद्धका षडयन्त्रहरुको खण्डन गरिने राईले बताउनु भयो । हामी ग्रुप बनाउछौं र सबैलाई हामीमाथीको साइवर हमलाको प्रतिवाद गरिने पनि राईले बताउनुभयो ।
अभिमुखिकरण गर्न एमाले उपमहासचिव प्रदिप ज्ञवालीले उद्घाटन गरिसक्नुभएको एमाले कोशी प्रदेश सदस्य तथा प्रचार विभाग उपप्रमुख भीमज्वाला राईले जानकारी गराउनुभयो ।