बैशाख २३, २०८२ मंगलबार

लिम्बुनी ठूली स्मृती कपको उपाधी पथरीलाई

सागर गौतम

झापा । झापाको अर्जुनधारा-३ स्थित खुदुनावारीमा आयोजित सम्पन्न स्व लिम्बुनी ठूली स्मृती कप २०८१ को उपाधी पथरी ११ एफसीले हात पारेको छ ।

स्थानीय कैदले प्राकृतिक रंगशालामा आइतबार भएको फाइनलमा निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल सडनडेथमा धकेलिएको थियो । सडनडेथमा पथरी ११ ले ( ५–४) गोल अन्तरले पराजित गर्दै जलथल एफसी झापा बिरुद्ध उपाधी चुमेको हो। उपाधिसँगै पथरी एफसीले १ लाख ५५ हजार ५ सय ५५ रुपैंया,ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता जलथलले ७७ हजार ७ सय ७७ रुपैँया मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

प्रतियोगितामा पथरी ११ का गोलरक्षक समिर क्षेत्री प्लेयर अफ दी म्याच घोषित भए । उनले नगद ३ हजार ५ सय रुपैंया पाए । जलथलका रोशन धिमालले उच्चस्कोररको उपाधि हुँदै मेडल र ट्रफीबाट पुरस्कृत भएका छन । यसैगरी, उत्कृष्ट प्रशिक्षक पथरीका सुमन विक, उत्कृष्ट मिडफिल्डर आशिष लावती बन्दा डिफेन्डर धिरेन विष्ट घोषित भए । उत्कृष्ट गोलकिपर जलथलका देवन भुजेल भएका छन् भने उत्कृष्ट खेलाडी जलथलका अशिमजंग कार्की घोषित भए ।

प्रतियोगिताको उदीयमान खेलाडिको उपाधि आयोजक च्यारिटी युथ क्लबका निशान बस्नेत, राजेश दाहाललाई प्रदान गरियो । प्रतियोगिताका बिजेता तथा उपबिजेता टिमलाई कोशी प्रदेश सामाजिक विकास मन्त्री पाँचकर्ण राईले पुरस्कृत गरेका छन् ।

स्थानीय च्यारिटी युथ क्लबको आयोजनामा तथा अमेरिका रोचेष्टर, न्युयोर्क सहर निवासी खेलाडी एवम् खेल प्रशिक्षक बावी सुब्बाको प्रायोजन र स्थानीय समाजसेवी गणेश दुलालको संयोजनमा खेल माघ २७ गतेबाट सुुरु भएको प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाका ७ टिम सहभागी थिए । दुई दशकसम्म भुटानी शरणार्थी साविक खुदुनावारी गाविस कैदले क्षेत्रमा बसोबास गर्दै आएको थिए । शरणार्थी तेश्रो मुलुक पुनर्वासको क्रममा लिम्बुनी ठूलीको नामले चिर परिचित आइतमाया सुब्बा सुहाङ गतवर्ष मात्र अमेरिकामा नै निधन भएको थियो । उनको छोरा बावी सुब्बाले स्व. आमा संम्झनामा कपको लागि प्रायोजन गरेका हुन् ।

प्रकाशित मिति : फाल्गुन ५, २०८१ सोमबार  ११ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]