बैशाख २३, २०८२ मंगलबार

सुनको मूल्य तोलामा एक हजार दुई सय बढ्यो

काठमाडौँ, ५ फागुन – सुनको मूल्य तोलामा एक हजार दुई सय बढेको छ । आइतबार प्रतितोला रू एक लाख ६७ हजार पाँच सयमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ६८ हजार सात सयमा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य तोलामा रू १५ बढेको छ । आज चाँदी प्रतितोला रू एक हजार नौ सय ७० मा खरिदबिक्री हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार नौ सय अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : फाल्गुन ५, २०८१ सोमबार  ११ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]