बैशाख २०, २०८२ शनिबार

शनिश्चरे खानेपानीले सच्याओस्

सम्पादकीय
विभिन्न संघ संस्थाहरुको अवलोकन भ्रमण परम्परागत रुपमा चलिरहेको छ । झापासहित देशभर अवलोकन भ्रमणको विषय सामान्य जस्तै छ । स्थानीय तहदेखि सार्वजनिक एवम् निजी संघ संस्थाहरु पनि अवलोकन भ्रमण गर्ने गरेका छन् । धेरै जसो शैक्षिक संस्थाहरुले भ्रमण गर्ने गरेको पाइन्छ । अवलोकन भ्रमण भनेको अनुभवको आदान प्रदान र सिकाईको निम्ति हुन्छ । भ्रमणमा लाखौं रुपैंयाँ खर्च गर्ने र मनोरञ्जन मात्रै लिने विषय राम्रो मानिदैन । संस्थागत हित हुने गरी भ्रमणहरु गरिनुपर्छ । जसले खर्च वापत परिणाम पनि निकाल्न सकोस् । व्यर्थको घुमाई भएछ भन्ने सन्देश जान दिनु हुदैन ।

अहिले झापाको अर्जुनधारा नगरपालिकास्थित शनिश्चरे – अर्जुनधारा खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अवलोकन भ्रमणको तयारीमा छ । अवलोकन भ्रमण सफलताका लागि शुभकमना छ । तर, उपभोक्ताहरुले अवलोकन भ्रमण बारे आपत्ति जनाइरहेका छन् । समितिले साधारणसभाको म्याण्डेड पाएको बताइरहेको छ । साधारणसभाले पारित गर्ने निर्णयहरु संस्थागत हितमा छन् या छैनन् भन्ने बारेमा समीक्षा हुनुपर्छ । फागुन ८ गते भ्रमणमा जान लागेको समितिले यसअघिका अवलोकन भ्रमणबाट के उपलब्धी हासिल गरेको थियो । त्यस बारे आम उपभोक्ताहरु जानकार छन् कि छैनन् ? कि उपभोक्ताहरुले विरोधका लागि विरोध मात्रै गरेका हुन् ?

खानेपानी संस्थाले वर्तमान कार्यसमितिको नेतृत्वमा दुई पटक भ्रमण गरिसकेको छ । अब तेस्रो पटक यहि समितिले भ्रमण गर्दैछ । कार्यसमिति के आधारमा वर्षपिच्छे भ्रमण गरिरहेको छ । आर्थिक स्रोतका दृष्टिले वर्षेनी भ्रमण गर्न सक्ने अवस्था छ कि छैन ? आगामी भ्रमण सक्दा यहि कार्यकालले ५ लाखभन्दा धेरै रकम भ्रमणमा सक्दैछ । स्वभाविक रुपमा एक कार्यकालमा एक पटक भ्रमण गर्ने विषय जायज नै छ । खानेपानीको सहजीकरण भन्दा पनि भ्रमणको मुख्य उद्देश्यले निर्वाचित भएको जस्तो देखिने समितिले बसाएको नजिरलाई नयाँ समितिले परिवर्तन गर्नैपर्छ । भ्रमणको सार्थकताका लागि धेरै अवलोकन भ्रमण गर्न जरुरी छैन ।

प्रकाशित मिति : फाल्गुन ६, २०८१ मंगलबार  १२ : ४० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]