बैशाख २४, २०८२ बुधबार

सुनचाँदी व्यवसायी गहतराजद्वारा ‘व्यवसायी राहत कोष’का लागि सहयोग

बिर्तामोड। नेपाल सुनचाँदी व्यवसायी संघका कोषाध्यक्ष तथा मनकामना ज्वेलर्सका सञ्चालक अभिशेक गहतराजले आफ्नो जन्मदिनमा गरिने फजुल खर्च परोपकारी काममा लगाएका छन् । उनले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’का लागि रकम सहयोग गरेका हुन् ।

२१ हजार रुपैयाँ कोष वृद्धिका लागि संघका अध्यक्ष राजु न्यौपानेलाई प्रदान गरेका उनले सबै व्यवसायीको हितका लागि गरिएको यो कार्य प्रशंसनीय रहेको भन्दै सुनचाँदी व्यवसायीले समेत त्यसको अनुसरण गरेको बताए । वीरता जेसीजका उपाध्यक्ष तथा गहतराज संजाल झापाका अध्यक्ष समेत रहेका उनले बिर्तामोड उद्योग वाणिज्य संघमा आयोजित कार्यक्रमका बीच रकम प्रदान गरेका थिए ।

सो अवसरमा बिर्तामोड उद्योग वाणिज्य संघले गहतराजलाई सुस्वास्थ्य र दीर्घ जीवनको कामना गर्दै कदर पत्रद्वारा सम्मान गरेको छ । संघका महासचिव कुशल खतिवडाले सञ्चालन गरेको कार्यक्रममा संघका अध्यक्ष न्यौपानेले कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने र त्यसको व्याजबाट व्यवसायीलाई समस्या पर्दा सहयोग गर्ने बताएका थिए ।

कोषमा यस अघि संघका सदस्य अनन्तलाल महत्तोले २५ हजार एक सय रुपैयाँ र सदस्य रमेश घिमिरेले समेत जन्मदिनको अवसर पारेर २१ हजार एक सय ११ रुपैयाँ रकम प्रदान गरेका थिए । संघले स्थापना गरेको कोषमा हालसम्म १० लाख रुपैयाँ बढी रकम संकलन भएको बताइएको छ ।

रकम हस्तान्तरण कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गणेश पौडेलको समेत सहभागीता रहेको थियो भने संघका पदाधिकारी र बिर्तामोडका व्यवसायीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : फाल्गुन ७, २०८१ बुधबार  ६ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]