बैशाख २६, २०८२ शुक्रबार

कोशी प्रदेश खेलकुद महोत्सवको तयारी पूरा

झापा । प्रथम कोशी प्रदेश खेलकुद महोत्सव–२०८१ को तयारी पूरा भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले सामाजिक विकास मन्त्रालय विराटनगरमा पत्रकार सम्मेलन गर्दै फागुन १३ गतेदेखि १८ गते सम्म सञ्चालन हुने खेल महोत्सवको तयारी पूरा भएको जानकारी गराएको हो ।

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले बोर्डको २६औँ बैठकको निर्णय अनुसार बोर्डको वार्षिक कार्यक्रममा रहेको विभिन्न खेलका सम्मिलत खेलकुद महोत्सवको सम्पूर्ण तयारी सम्पन्न भएको बताएका छन् । बस्नेतले महोत्सवमा कोशी प्रदेशका १४ वटै जिल्लाका खेलाडीको सहभागिता हुने बताउँदै महोत्सव आयोजना गर्न झण्डै १ करोड ७८ लाख रुपियाँ खर्च हुने जानकारी दिए । उनले नियमित खेलकुद प्रतियोगिताले खेलाडीको प्रतिभामा निखार ल्याउने बताउँदै ‘खेल गतिनै खेलाडीको प्रगति’ हो भन्ने मान्यता स्थापित गर्न प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा बोर्डका अध्यक्ष पाँचकर्ण राईले कोशी प्रदेशमा नियमित खेल गतिविधि हुँदा यस्ता गतिविधिले कोशी प्रदेशलाई १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा अधिक पदक जित्न सहयोग पुग्ने बताए ।

राईले नियमित खेलकुद प्रतियोगिताले खेलाडीको जीवन निर्वाहमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताउँदै खेलाडीले खेलेरै जीवनयापन गर्न सक्ने अवस्था सिर्जना गर्न सबैपक्ष लाग्नुपर्ने मन्त्री राईको भनाइ थियो । महोत्सवमा प्रदेशस्तरीय महिला फुटबल, महिला तथा पुरुष दौड, महिला तथा पुरुष कबड्डी, भेट्रान बाघचाल, महिला तथा पुरुष टेबलटेनिस, महिला तथा पुरुष बुद्धिचाल, महिला तथा पुरुष कराते, महिला तथा पुरुष तेक्वान्दो र पुरुष सफ्टटेनिस र डोरीतानलगायत खेलकुद प्रतियोगिता समावेश छन् ।

प्रकाशित मिति : फाल्गुन १३, २०८१ मंगलबार  ८ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]