जेष्ठ १०, २०८२ शुक्रबार

खुदुनाबारी – अर्जुनधारा खानेपानीको अध्यक्षमा केदार पराजुली विजयी

शनिश्चरे – अर्जुनधारा नगरपालिका -१ सिस्ने स्थित खुदुनाबारी – अर्जुनधारा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्ष पदमा केदार पराजुली भारी मतका साथ विजयी भएका छन् । उपभोक्ता समितिको मंगलबार सम्पन्न भएको निर्वाचनमा पराजुलीले बागी उमेदवार विष्णुप्रसाद प्रसाईलाई ६०३ मतको अन्तरले पछि पार्दै उनी अध्यक्ष पदमा भारी मतका साथ विजयी भएकाहुन् ।

निर्वाचनमा पराजुलीले १२३६ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी प्रसाईले ६३३ मत मात्र ल्याएका थिए । त्यस्तै उपाध्यक्ष पदमा पदममाया मैनालीले १०२२ मत प्राप्त गरि विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी शुशिला सिटौला थापाले ६८७ मत प्राप्त गरिन् । सचिव पदमा भरत बहादुर सुब्बाले ९८३ मत ल्याई विजयी भएका छन् ।

उनका प्रतिस्पर्धी मदनकुमार दनुवारले ७५४ मत ल्याएका थिए । सहसचिव पदमा डिल्ली कुमारी पौडेलले ७३५ मत ल्याई विजयी भइन् भने उनकी निकटतम प्रतिद्वन्द्वीहरु राजन कुमार पौडेलले ३५४ र नेत्रप्रसाद पोखरेलले ४८९ मत ल्याएर हार स्विकार गरेका थिए । कोषाध्यक्ष पदमा सुनिता ढुंगानाले ८२१ मत ल्याई विजयी भएकी थिइन् ।उनकी प्रतिस्पर्धी मनिता पाण्डे प्याकुरेलले ७१७ मत प्राप्त गरिन् ।

३ बर्ष कार्यकाल रहने समितिको खुल्ला ८ जना सदस्य देवराज वाग्लेले ३१४ , मनकुमार एक्तेनले ३०७ , टंक बहादुर गहतेले १३६ ,गीता देवी लम्जेलले ११८ ,धनेन्द्र बुढाथोकीले ३०५ ,रीता देवी कार्कीले २५७ ,गोपाल कुमार बुढाथोकीले २४१ र चन्द्रकला भुजेलले २१९ मत ल्याएर विजयी भएको निर्वाचन समितिका संयोजक चिरञ्जीवी शिवाकोटीले जानकारी दिए । उनका अनुसार जम्मा २४१२ जना मतदाता रहेकोमा १८६९ मत खसेको थियो । समितिको विधान बमोजिम १ अध्यक्ष सहित१३ सदस्यीय निर्वाचित गरिने प्रावधान रहेकोले २५ जना प्रतिस्पर्धामा उत्रिएका थिए ।

उपभोक्ता समितिको निर्वाचनमा मुख्य ५ पद र ८ खुल्ला सदस्य पदहरु सबै पराजुली प्यानल बाटै विजयी एमालेले दाबी गरेको छ । नेपाली कांग्रेस , माओवादी केन्द्र ,एकीकृत समाजवादी पार्टी ,जनमुक्ति ,राप्रपा र स्वतन्त्र पार्टीले समर्थन गरेपछि प्रसाई चुनाव लडेका थिए भने एमालेले एक्लै चुनाव लडेर वर्चस्व स्थापित गरेको पराजुली प्यानल निर्वाचन परिचालन समितिका एक सदस्यले बताए ।

प्रकाशित मिति : फाल्गुन १५, २०८१ बिहीबार  ९ : ४० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]