बैशाख २०, २०८२ शनिबार

प्रेस चौतारीको उपचार कोषमा परियारको सहयोग

बिर्तामोड । प्रेस चौतारी झापाकी सदस्य सृजना परियारले आफ्नो जन्मदिनको अवसरमा चौतारीले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषमा पाँच हजार एक सय रुपैयाँ सहयोग गर्नु भएको छ ।

रकम हस्तान्तरण गर्दै फजुल खर्च गरेर जन्मदिन मनाउने पछिल्लो चलनलाई चिर्दै उहाँले चौतारीको जिल्ला कार्यालयमा पुगेर आज उपचार कोषका संयोजक भिमा शिवाकोटीलाई उक्त सहयोग रकम हस्तान्तरण गरेको बताउनु भएको हो।

रकम हस्तान्तरण कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य गोपाल काफ्ले, जिल्ला उपाध्यक्ष सुनिरा मैनाली, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, सहसचिव रमेश तिवारी, सदस्य अस्मिता साँखीलगायतको उपस्थिति ररेको थियो ।

भर्खरै सो कोषमा बिर्तामोड नगरपालिकाको मेयर पवित्रा पहतारा प्रसाईले ज्ञानु प्रसाईको स्मृतिमा नगद ५१ हजार रुपैयाँ प्रदान गर्नुभएको थियो । पत्रकारहरुको उपचारमा सहयोग गर्ने उद्देश्यले प्रेस चौतारीले कोषको स्थापना गरेको हो ।

प्रकाशित मिति : फाल्गुन १५, २०८१ बिहीबार  ५ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]