जेष्ठ ९, २०८२ बिहीबार

गिरिबन्धु टि–स्टेटभित्र एक जना पुरुष मृत भेटिए

विर्तामोड । झापाको अर्जुनधारा नगरपालिका–११ मा रहेको गिरिबन्धु टि–स्टेटभित्र एक जना पुरुष मृत अवस्थामा भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार, पाँचथरको फिदिम नगरपालिका–७ स्थायीय घर भएका ३९ वर्षीय कुमार गुरुङको शव भेटिएको हो ।

चिया बगानभित्र शव भेटिएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय, अनारमनीबाट प्रहरी नयाब उपरीक्षक ९डीएसपी० प्रकाश विष्टको नेतृत्वमा एउटा टोली घटनास्थलमा पुगेको थियो । त्यसक्रममा कानूनी प्रक्रिया पूरा गरेर शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल, भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक जाँचमा उनले आत्महत्या गरेको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन १५, २०८१ बिहीबार  ५ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]