जेष्ठ ९, २०८२ बिहीबार

ब्रोकाउली र काउलीमा विषादीको मात्रा उच्च

बिर्तामोड, १६ फागुन – बिर्तामोड स्थित कृषिथोक बजारमा बिक्रीका लागि ल्याईएको २ क्विन्टल ब्रोकाउली र काउलीमा विषादीको मात्रा उच्च भेटिएपछि नष्ट गरिएको छ ।
विषादी प्रयोगशालाको आज (शुक्रबार) को रिपोर्ट अनुसार बिर्तामोड नगरपालिका वडा नम्बर ९ स्थित मियावाडीमा भारतिय नागरिक पंकजकुमार रायले उत्पादन गरेको ब्रोकाउली र काउलीमा अत्याधिक विषादी भेटिएको हो । रिपोर्ट अनुसार ब्रोकाउलीमा ९५.१४ प्रतिशत र काउलीमा ९६.५२ प्रतिशत विषादी फेला परेको हो ।

काउली र ब्रोकाउलीमा विषादीको मात्रा उच्च फेलापरेपछि बिर्तामोड नगरपालिकाको कृषिशाखा प्रमुख राजेन्द्र कडरिया, वडा नम्बर ३का वडासदस्य हरि बाँस्कोटा, कृषि प्राविधिक, नगर प्रहरीसहितको टोलीले तरकारी बारीको अनुगमन गरेको छ ।

अनुगमनकाक्रममा कृषिशाखा प्रमुख कडरियाले अब अर्को पटक चेक जाँच नगरेसम्म ब्रोकाउली, काउली टिपेर बिक्री बितरण नगर्न निर्देशन दिनुभएको छ । उहाँले दोश्रो पटकको चेकजाँचमा पनि विषादी देखिए बारीमै नष्ट गर्ने जानकारी दिनु भएको छ । तरकारीमा ३५ प्रतिशत भन्दा बढि बिषादी भेटिए खान अयोग्य मानिन्छ ।

प्रकाशित मिति : फाल्गुन १६, २०८१ शुक्रबार  ४ : ११ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]