बैशाख २०, २०८२ शनिबार

एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक अपराहन्न २ बजेदेखि केन्द्रीय कार्यालय च्यासलमा बस्ने केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिएका छन् ।

उक्त बैठकमा सरकारले ल्याएका अध्यादेश पारित गर्ने विषयमा छलफल गर्ने बुझिएको छ । सत्ता–सहकार्यमा रहेको नेपाली कांग्रेस कांग्रेसले पनि दबाब बढाएपछि प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाएका हुन् । आँफैले ल्याएको अध्यादेश सदनबाट पारित हुने अवस्था नभएपछि प्रधानमन्त्री ओलीले दबाब महशुस गर्दै निर्णायक कदम चाल्ने रणनीति बनाउन लागेको बुझिएको छ । सरकारमै रहेको दलहरुले अध्यादेशको विरोध गरेपछि प्रधानमन्त्री ओली अप्ठ्यारोमा परेका छन् ।

प्रकाशित मिति : फाल्गुन १८, २०८१ आईतबार  ६ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]