जेष्ठ ९, २०८२ बिहीबार

रमजान आजदेखि सुरु

बिर्तामोड । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान मुबारक महिना आजदेखि सुरु हुँदैछ । एक महिनासम्म चल्ने यो पर्वमा मुुसलमानहरू दिनमा निराहार बस्छन् ।

रोजा बस्न मुसलमानहरूको उर्दू क्यालेण्डरअनुसार सूर्याेदयभन्दा पहिले अर्थात् बिहानको नमाज पढ्नुअगावै केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज (मगरिब)को आजान सुनेर खोल्ने चलन छ ।

निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समयतालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन् ।
उर्दू क्यालेण्डरअनुसार हिजरी संवत्को रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानहरूको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ ।

दान दिनु गरिब र दीनदुःखीको सेवा गर्नु, जकात निकाल्नु यो महिनाको विशेषता हो । व्रत बस्न हिजो साँझ मुसलमानहरूले चन्द्रमा हेरेका छन् । शरीरलाई चोखो राखेर मात्र रोज बस्नुपर्ने मान्यता छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमानहरु रोजा बस्नुलाई गर्व मान्दछ । नबालक, बिरामी, घातक रोग लागेका र गर्भवतीलाई रोजा बस्न अनिवार्य छैन ।

प्रकाशित मिति : फाल्गुन १८, २०८१ आईतबार  ७ : १७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]