दहिझोडा सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा देवराज बुढाथोकी विजयी
इन्द्रकुमार राई
शनिश्चरे – अर्जुनधारा नगरपालिका – ४ स्थित दहिझोडा सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष पदमा देवराज बुढाथोकी विजयी भएका छन् । उपभोक्ता समूहको फागुन १६ गते शुक्रबार सम्पन्न भएको निर्वाचनमा बुढाथोकीले तीन प्रतिस्पर्धा मध्ये निकटतम प्रतिद्वन्द्वी इन्द्रमणि पौडेललाई ४१६ मत अन्तरले पछि पार्दै उनी अध्यक्ष पदमा विजयी भएका हुन् ।
संयुक्त प्रगतिशील समावेशी प्यानलका उमेदवार बुढाथोकीले १००२ मत ल्याई विजयी भएका थिए भने तीन प्रतिद्वन्दीहरु संयुक्त लोकतान्त्रिक समावेशी प्यानलका पौडेलले ५८६ , स्वतन्त्र उमेदवारहरु खगेन्द्र सुब्बाले ५१३ र गोकर्ण कार्कीले २१९ मत ल्याएर उनीहरु पराजित भएका थिए । समूहको उपाध्यक्ष पदमा प्रगतिशिल प्यानलका रुद्र बहादुर खत्रीले १०५९ मत प्राप्त गरि विजयी भएकाछन् । उनका प्रतिस्पर्धीहरु लोकतान्त्रिक प्यानलका विशेष तामाङले ९५८ र स्वतन्त्रका वहितसागर कट्टेलले १८६ मत प्राप्त गरेका थिए ।
सचिव पदमा लोकतान्त्रिक प्यानलका चन्द्रकुमारी बुढाथोकीले १०६१ मत ल्याई निर्वाचित भइन् ।उनकी प्रतिद्वन्द्वी निरामाया तामाङले ९६७ मत ल्याई पराजित भइन् । त्यस्तै सहसचिवमा लोकतान्त्रिक प्यानलका सरिता राईले १०४७ मत निर्वाचित भइन् भने उनकी प्रतिस्पर्धी प्रगतिशील प्यानलका सीताराम पराजुलीले ९५६ मत ल्याएर पराजित भए । कोषाध्यक्षमा प्रगतिशीलका सनिता बस्नेतले १०९३ मत ल्याई विजयी भइन् ।
उनकी प्रतिद्वन्द्वी लोकतान्त्रिकका सरस्वती लम्सालले ८५६ मत ल्याएर हारेकी थिइन् ।लेखा संयोजकमा लोकतान्त्रिक प्यानलकै पुष्प बहादुर घलेले १००२ मत ल्याई विजयी भएकाछन् ।
त्यसैगरी सदस्यहरु क्षेत्र नम्बर १ बाट इन्द्रबहादुर आङ्गदम्बेले ११५ , क्षेत्र नम्बर २ बाट रमन बस्नेतले २९९, क्षेत्र नम्बर ३ बाट सितादेवी गौतम भट्टराईले २५२ , क्षेत्र नम्बर ४ बाट तिला विष्टले २६६ र चन्द्रबहादुर तामाङले २७७, क्षेत्र नम्बर ५ बाट गोपाल डाँगीले २९० मत ल्याई निर्वाचित भएको निर्वाचन संयोजक छविलाल लम्सालले जानकारी दिए ।
उनका विधान अनुसार ३ बर्ष कार्यकाल रहने समितिको १ अध्यक्ष , १ लेखा संयोजक , उपाध्यक्ष ,सचिव ,सहसचिव , कोषाध्यक्ष १ र१ र ५ क्षेत्रबाट १० जना सदस्य निर्वाचित गरिने प्रावधान छ ।यस अघि क्षेत्र नम्बर १, २, ३ र ५ बाट १ र१ जना निर्विरोध निर्वाचित भइसकेको बताइएको छ । ३४९२ जना मतदाता रहेको निर्वाचनमा २७५३ मत खसेको थियो भने ४३३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
३० जना भन्दा बढीउमेदवारहरु चुनावमा प्रतिस्पर्धा गरेका थिए । यस अघि देवराज बुढाथोकी दुई कार्यकाल यस वन उपभोक्ता समूहको अध्यक्ष भइसकेको प्रगतिशील प्रगतिशील प्यानल चुनाव प्रचारप्रसार समिति संयोजक दिपेन्द्र लम्सालले जानकारी दिए । १ अध्यक्षसहित , उपाध्यक्ष , कोषाध्यक्ष १र१ र ६ जना सदस्य गरि जम्मा ९ सिट जितेर समितिमा वर्चस्व कायम राखेको उनको दावी थियो ।