जेष्ठ ९, २०८२ बिहीबार

नेपाल बुद्धिजीवी परिषद झापाको अध्यक्षमा पुनः आचार्य

बिर्तामोड । नेपाल बुद्धिजीवी परिषद झापाको अध्यक्षमा पुनः गजेन्द्र आचार्य सर्वसम्मत हुनु भएको छ । ११औं जिल्ला अधिवेशनले वरिष्ठ अधिवक्ता आचार्यलाई अध्यक्षमा पुनः आचार्यलाई जिम्मेवारी प्रदान गरेको हो ।

शनिवार बिर्तामोडस्थित कोहेड कलेजमा आयोजित अधिवेशनले आचार्यको अध्यक्षता ३१ सदस्यीय कार्यसमिति चयन गरेको छ । नयाँ कार्य समितिको समितिको उपाध्यक्षमा तुलसी प्रसाद निरौला, सचिवमा चन्द्र प्रकाश भट्टराई (सिपी), उपसचिवमा कविता पौड्याल र उमानाथ अधिकारी, कोषाध्यक्षमा खडानन्द गुराँगाई चयन हुनु भएको छ ।

नेपाल बुद्धिजीवी परिषदको केन्द्रीय उपाध्यक्ष राधा अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा केन्द्रीय सचिव यज्ञ शर्मा, एमाले केन्द्रीय सदस्य मिना उप्रेती लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : फाल्गुन १८, २०८१ आईतबार  ७ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]