जेष्ठ ९, २०८२ बिहीबार

अमेरिकाबाट फर्काइएका नेपाली प्रहरी नियन्त्रणमा

काठमाडौं । अमेरिकाबाट डिपोर्ट गरिएका आठ नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विहान करिब १० बजे जीआरपी -२३ विमानबाट अवतरण भएका ती नेपालीलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरोले नियन्त्रणमा लिएको हो ।

विदेशबाट कागजात अभावमा फिर्ता ल्याइने अन्य नेपालीसरह उनीहरुमाथि सोधपुछ हुने व्युरोका एसपी रुगमबहादुर कुँवरले बताए । ‘त्यसरी आउने नेपालीलाई सोधपुछ गर्नुपर्ने केही कुरा हुन्छन्, त्यत्तिका लागि ल्याएका हौं’, उनले भने । उनीहरु हिरासतमा राखिएका छैनन् । आवश्यक सोधपुछपछि आ(आफ्नो ठाउँमा जान दिइने उनले बताए ।

प्रकाशित मिति : फाल्गुन २१, २०८१ बुधबार  १२ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]