पोखरामा भूमिपूजन रोक्न खोज्दा प्रहरीमाथि आक्रमण, झडपमा केही घाइते
पोखरा, २३ फागुन । पोखरामा कोटीहोम आयोजना गरेको सेवा फाउन्डेसनले आयोजना गरेको भूमिपूजनमा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ ।
लेकसाइडस्थित बाराहीघाटमा फाउन्डेसनले कोटीहोम आयोजनाका लागि भूमिपूजन गर्न लाग्दा प्रहरीले रोक्दा खोजेको थियो ।
पोखरा महानगरपालिकाले अनुमति नलिई भूमिपूजन गर्न लागिएको भन्दै रोक्न खोजेको थियो । महानगरका प्रहरीसहित नेपाल प्रहरी भूमिपूजन रोक्न पुगेपछि कोटीहोम पक्षधरले आक्रमण गरेका थिए । घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ ।