विद्यार्थीलाई मादक पदार्थ बेच्ने बिर्ताबजारका कुमार बस्नेत नियन्त्रणमा
बिर्तामोड । विद्यार्थीलाई मादक पदार्थ विक्री गर्ने बिर्तामोड नगरपालिका ३ का ४६ वर्षीय कुमार बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस्नेतलाई अभद्र कसुरमा पाँच दिनको म्याद लिई अनुसन्धान थालिएको झापा प्रहरीले जनाएको छ ।
झापा बिर्तामोड नगरपालिका वडा नम्वर – ३ बिर्ताबजार स्थित महेन्द्र माबिको कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरु विद्यालय पोशाक मै मादक पदार्थ सेवन गरी विद्यालय आएको विद्यालय प्रशासनले प्रहरीलाई जानकारी गराएको थियो । इलाका प्रहरी कार्यालय अनारमनीमा जानकारी प्राप्त हुन साथ बिर्ताबजारबाट प्रहरी टोलीले होटल सञ्चालक बस्नेतलाई नियन्त्रण लिएको थियो । झापा प्रहरीका अनुसार आज म्याद थप गरिएको हो ।