जेष्ठ ८, २०८२ बुधबार

तीन घन्टादेखि इसेवा अवरुद्ध, ग्राहकलाई सास्ती

काठमाडौं – तीन घन्टायता इसेवा (वालेट)मा समस्या देखिएको छ।

छिटो, सजिलो र आकस्मिक रूपमा कारोबार गर्न सकिने भनिए पनि इसेवाले आफ्नो सेवा तीन घन्टादेखि अवरुद्ध हुँदासमेत खुलाउन सकेको छैन।

इसेवाका हजारौं ग्राहक सेवाविहीन भएर बस्नुपरेको छ। इसेवा अवरूद्ध भएसँगै कारोबार असफल हुँदा पीडित बनेको एक ग्राहकले बताए।

इसेवामा फोन गर्दा वालेट एपमा समस्या आएको, मर्मत भइरहेको जवाफ आइरहेको छ। इसेवा ग्राहक वालेट नचले पनि प्रतिनिधिले वेबसाइटमा गएर आकस्मिक रूपमा कारोबार गर्न सकिने बताउने गरेका छन्। तर, उक्त सेवासमेत अवरूद्ध रहेको छ।

नेपालमा इसेवाजस्तै २७ वटा डिजिटल वालेटका एप्स रहेका छन्। यी मध्ये धेरैजसो इसेवाका ग्राहक छन्।

 

प्रकाशित मिति : फाल्गुन २६, २०८१ सोमबार  ३ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]