शिवसताक्षीमा ज्येष्ठ नागरिक भवनको शिल्यान्यास
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ४ रंग्याथानमा ज्येष्ठ नागरिक भवनको शिल्यान्यस गरिएको छ ।
वडाका ज्येष्ठ नागरिकहरुलाई दिउँसो आएर बस्ने चौतारी सहितको भवन निर्माण गर्न नगरप्रमुख मेगाहाङ्ग थोप्रा र उपप्रमुख नरमाया कार्कीले उक्त भवनको शिल्यान्यस गरेका हुन् ।
नगर प्रमुख थोप्राले भवन शिल्यान्यसका क्रममा बोल्दै यस अघि सञ्चालन गरिएको ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रममा ज्येष्ठ नागरिकहरुको समस्या र गुनासा सुन्ने अवसर प्राप्त भएको बताए । उहाँहरुको समस्याका आधारमा आज रंग्याथान बजारमा ज्येष्ठ नागरिक भवन निर्माणका लागि शिल्यान्यास गरिएको छ । नगर प्रमुख थोप्राले आफ्ना माता पिता जिवित हुँदै सबैले उहाँहरुको सेवा गर्न सुझाएका थिए । उनले भने, आमा बुबा आफुसँग हुँदा वास्ता नगर्ने अनि उहाँहरुको निधन भएपछि सामाजिक सञ्जालमा गुणगान गाउने प्रचलन बढ्दै गएको छ । यो राम्रो हाइन ।
शिल्यान्यास गरिएको ज्येष्ठ नागरिक भवनको चालु वर्षमा जगको काम सम्पन्न गर्ने र आगामी आ।व।मा भवन पूर्ण रुपले सम्पन्न गर्ने लक्ष्य राखिएको वडाध्यक्ष विष्णु प्रसाईले जानकारी दिए। नगरपालिका र वडा कार्यालयको विनियोजित बजेटबाट भवन निर्माण गरिने उनले बताए । भवन निर्माण हुने भएपछि वडा नं। ४ का ज्येष्ठ नागरिकहरु उत्साहित बनेका छन् ।