बैशाख २०, २०८२ शनिबार

एनवाईईएफ झापाद्वारा दैनिक जीवनको व्यवस्थापन बारे प्यानल डिस्कशन

बिर्तामोड । नेपाली युवा उद्यमी मञ्च (एन.वाई.ई.एफ.) झापाले नारी दिवसको अवसरमा दैनिक जीवन र कार्यस्थलको समय व्यवस्थापनका बारेमा बृहत छलफल गरेका छ । जिल्लाका अग्रज महिलाहरुसँग प्यानल डिस्कशन सञ्चालन गर्दै नेपाली युवा उद्यमी मञ्चले करियर निर्माणमा समय व्यवस्थापनका बारेमा छलफल चलाएको हो ।

सोमवार बिर्तामोडमा आयोजित प्यानल डिश्कशनमा प्यानलिष्टका रुपमा डा. प्रियंका कटवाल, डा. अस्मिता रायमाझी, डा.सन्ध्या राठी, डा.गृषा रावलको सहभागिता रहेको थियो । प्यानल डिश्कशनको सहजीकरण एन.वाई.ई.एफको सदस्य जस्मिन करन्जित  गर्नुभएको थियो ।

उक्त कार्यक्रममा घर व्यवहार, व्यापार, व्यवसायिक जीवनको लागि समय व्यवस्थापन र चुनौतिका बारेमा व्यापक छलफल भएको थियो । प्यानलिष्टहरुले विवाह अघि र विवाह पछिको जीवनमा आइपर्ने व्यवस्थापकीय पाटोको सन्दर्भमा खुलेर चर्चा गरिएको थियो । करियर निर्माणमा पुरुषलाई भन्दा महिलालाई समय व्यवस्थापन गर्न धेरै कठिनाई हुने अनुभव सुनाइएको थियो ।

कार्यक्रममा समय व्यवस्थापन, आफुलाई गर्नुपर्ने प्रेम, परिवार र व्यवसायिक जीवनको व्यवस्थापकीय विषयमा मनोवैज्ञानिक परामर्शदाता कपिल शर्माले सहजीकरण गर्नुभएको थियो । मुख्य वक्ताका रुपमा रहनु भएका शर्माले दैनिक जीवनलाई कसरी सहज बनाउन सकिन्छ भन्ने बारे सहजीकरण गर्नुभएको हो ।

एन.वाई.ई.एफ.झापाका संस्थापक अध्यक्ष प्रवेश बस्नेतले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । संस्थाका अध्यक्ष डा. रुपेश जंग वेलवासेले फूलमा पानी सिंचित गरेर उद्घाटन गर्नुभएको कार्यक्रममा प्रथम उपाध्यक्ष गणेश पौडेल, द्वितीय उपाध्यक्ष मिजास पोखरेल, महासचिव ई.अजित ढुंगाना लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उद्यमी महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित मिति : फाल्गुन २७, २०८१ मंगलबार  ११ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]