मेची क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुबाट प्रन्सलको उम्मेदवारी दर्ता
बिर्तामोड । मेची बहुमुखी क्याम्पस भद्रपुरमा अनेरास्ववियुले प्रन्सल मगर लुङ्गेलीलाई स्ववियु अध्यक्षको उम्मेदवार बनाएको छ ।
आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा लागि अनेरास्ववियुको तर्फबाट अध्यक्षमा प्रन्सल मगर लुङ्गेलीले उम्मेदवारी दर्ता गराएका हुन् ।
यस्तै, सचिवमा गौरव लुईटेल, कोषाध्यक्षमा अनुसा भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् । सदस्यहरुमा बिकाश अधिकारी, भरत थापा, इन्द्र पोखेल, उर्शुला सुवेदी, श्रेया पोखरेल, सौरभ भट्टराई , ऋषिका कठायतलाई उम्मेदवार बनाएको अनेरास्ववियु झापाका इञ्चार्ज रोशन लामाले जानकारी दिए ।