बैशाख २०, २०८२ शनिबार

स्ववियु निर्वाचनः अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता

झापा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि मंगलवार अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले अधिकांश आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा आज विभिन्न विद्यार्थी सङ्गठनले निर्वाचनका लागि प्रत्यक्ष तथा सामानुपातिकतर्फका उम्मेदवारको मनोनयन दर्ता गराएको जानकारी दिनुभयो । उहाँका अनुसार विहान ११ देखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गरिएको थियो ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) का उपाध्यक्ष नारायण घर्तीले आफ्नो सङ्गठनले अधिकांश क्याम्पसमा मनोनयन दर्ता गराएको जानकारी दिनुभयो । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) का प्रवक्ता सुरज सेजुवालले पनि ठूला क्याम्पससहित देशभरि नै उत्साहपूर्वक उम्मेदवारी मनोनयन दर्ता गरेको बताउनुभयो । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का महासचिव रोशन मगरका अनुसार सङ्गठनले अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता गराएको बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको प्रचारप्रसारका लागि यही फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राति १२ बजेसम्मका लागि समय तोकेको छ । निर्वाचन आगामी चैत ५ गते हुँदैछ ।

प्रकाशित मिति : फाल्गुन २८, २०८१ बुधबार  ७ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]