बैशाख २०, २०८२ शनिबार

‘मैले राजालाई सडकमा ल्याएपछि थापा र लिङ्देनले ढोक्सा थापे’

झापा । राष्ट्र, राष्ट्रियता धर्म बचाऊ अभियानका संयोजक एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजालाई आफूले सडकमा ल्याएपछि राप्रपा र राप्रपा नेपालले ढोक्सा थापेको आरोप लगाएका छन् ।

भक्तपुरस्थित निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले अहिलेसम्म पूर्वराजालाई सडकमा ल्याउन कसैले नसकेको बताउँदै आफूले नै ल्याएको दाबी गरे । आफूले केही वर्षअघि राजा ल्याउने अभियान चलाउँदा सबैले खेदो खनेको उनको भनाइ छ । उनले पूर्वराजालाई हात समातेर नारायणहिटी छिराउने तयारी गरिएको बताए ।

उनले पत्रकार सम्मेलनमा राजसंस्था हट्नुमा कमल थापा र राजेन्द्र लिङ्देनको भूमिका रहेको बताए । उनीहरुले २०७२ मा संविधान जारी गर्दा हस्ताक्षर नगरेको भए राजसंस्था जोगिने बताउँदै प्रसाईंले अहिले आफूले माहोल बनाएपछि उनीहरु धमिलो पानीमा माछा मार्न आएको बताए ।

प्रसाईंले राप्रपा देखाउनका लागि काठमाडौं महानगरपालिकामा १ लाख रुपैयाँ तिर्न गएको आरोपसमेत लगाए ।
‘कमल थापा र राजेन्द्र लिङ्देनले २०७२ मा हस्ताक्षर नगरेको भए राजसंस्था जाँदैनथ्यो,’ उनले भने, ‘अहिले माहोल बनेपछि धमीलो पानीमा माछा मार्न आए उनीहरु । अझ देखाउनका लागि नगरपालिकामा गएर पैसा तिर्ने ?’
चैतदेखि राप्रपाले आन्दोलन गर्न लागेको भन्दै आफूलाई पनि सहकार्यका लागि बोलाएकोमा उनले आक्रोश पोखे ।

आफूलाई गोठाला जस्तो सोचेको भन्दै उनले राप्रपाहरुसँग भन्दा आफूले राजसँग मिलेर आन्दोलन गर्ने बताए ।
‘आउनुप¥यो रे मलाई । मलाई गोठालोजस्तो सम्झिएछन् । म राजासँगै आन्दोलन गर्छु । गोठालासँग सडकमा जान्न,’ उनले भने, ‘राजालाई सचिवालयले बिगारेको छ । हामी बनाउछौँ । कलियुगको अर्जुन हो दुर्गा प्रसाईं तपाइँ रथ चलाउनू । गणतन्त्रको भोज खाएर माहोल बनेपछि आउने ढोक्सा थाप्न ?’

पूर्वराजाको पक्षमा लागेका पर्यटक प्रवद्र्धक बास्तोला बर्खास्त

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा आइतबार राजावादीहरूले गरेको प्रदर्शनक समर्थन गरेका पर्यटन प्रवद्र्धक रमेशराज बास्तोलालाई सरकारले बर्खास्त गरेको छ ।

पोर्चुगलको लिजवन सहरका पर्यटन प्रवद्र्धक रमेशराज बास्तोलाले पूर्वराजाको समर्थन गर्दै सरकारी लेटरहेडमा विज्ञप्ति जारी गरेका थिए । त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयले लिखित स्पष्टीकरण सोधिएको थियो । उनको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै सोमबारको मन्त्रीस्तरीय निर्णयअनुसार उनलाई जिम्मेवारीबाट हटाइएको हो । बास्तोला सुदन किराँती पर्यटनमन्त्री हुँदा २०८० फागुन १३ गते नियुक्त भएका थिए ।

प्रकाशित मिति : फाल्गुन २८, २०८१ बुधबार  ७ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]