साना किसानमा वानस्पतिक विषादी बनाउने तालिम
सागर गौतम
खुदुनावारी । अर्गानिक तरकारी उत्पादन गर्न झापाको अर्जुनधारा-३ स्थित खुदुनावारीमा स्थानीय स्तरमा जैविक विषादी तथा वानस्पतिक प्रयोग विस्तार सम्बन्धी एक दिवसीय तालिम सम्पन्न भएको छ ।
तरकारीमा बढि विषादी प्रयोग गर्दा मानिसको स्वास्थ्यमा प्रत्यक्ष दिनऔं खेलवाड भइरहेको कारण उत्पादित तरकारीहरु उपभोक्ता समक्ष स्वास्थ्यकर पु¥याउने उदेश्यले जैविक तथा वानस्पतिक विषादी वस्तुहरुको प्रयोग विधि सिकाइएको हो ।
तालिमको उद्घाटन समारोहमा मन्तव्य राख्दै अर्जुनधारा–३ का वडा अध्यक्ष सिताराम भट्टराईले रसायनिक विषादी कृषकहरूले उपयोग गरेर प्राणघातक रोग क्यान्सर, मृगौला समस्या लगायतका दिर्घरोगका सिकार दिनहुँ बढ्दै गएको बताउँर्दै तरकारी उत्पादक कृषकलाई जैविक तथा वानस्पतिक विषादी बनाएर उपयोग गर्न र गराउन उपस्थित कृषकहरूलाई आग्रह गर्नुभयो ।
तरकारीमा बढ्दो विषादीको प्रयोग रोक्नका लागि कृषि ज्ञानकेन्द्र झापाको आयोजना र खुदुनावारी साना किसान कृषि सहकारी अर्जुनधारा–३ को सहकार्यमा जैविक तथा वानस्पतिक विस्तार विषादी बनाउने तालिम साना किसानको सभाहलमा सञ्चालन गरिएको हो।
आ.ब.२०८१-०८२ स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत तालिमको प्रशिक्षण कृषि ज्ञान केन्द्र झापाका बाली संरक्षण अधिकृत अन्जु आचार्य, अधिकृत गणेश कुमार बुढाथोकीले गर्नुभएको थियो । प्रशिक्षक आचार्यले मदर प्लान्ट देखि त्यसको बनाउने कार्यविधि र प्रयोग गर्ने तरिका समेत उपस्थित साविक खुदुनावारी गाविस भरीका उपस्थित २५ जना कृषकहरूलाई औचित्य प्रकाश पार्नुभएको थियो । कृषि केन्द्रबाट सहयोग वापत जनही १ थान हजारी सहित २०० लिटरको ड्रम १ थान सहभागी कृषकलाई हस्तान्तरण समेत भएको छ ।
समापन समारोहमा सहभागीको तर्फबाट रनमाया उप्रेती र भोला बरालले यथार्थ किसानहरूलाई राज्यले सहयोग गरेमा विशेष राहत पुग्ने बताउनुभयो । खुदुनावारी साना किसान कृषि सहकारी संस्थाका उपाध्यक्ष विष्णुलाल ढकालको अध्यक्षता र संचालक धरणीधर खतिवडाको सञ्चालनमा सम्पन्न कार्यक्रममा अध्यक्ष ढकालले उत्पादनमुखी र व्यवसायीमुखी कृषकलाई साना किसानले राज्यका विषयगत कार्यालयमा सहकार्य गर्न पछि नपर्ने बताए । सामान्य किसानहरूको व्यक्तिगत जीवन गुण स्तरमा टेवा पुर्याउने उदेश्यले संस्था सधैंवह साथमा रहने र सबैसँग हातेमालो गर्दै अघि बढ्ने बताउनुभयो ।