पर्पल किचनका सञ्चालकद्वारा प्रेस चौतारीको उपचार कोषलाई सहयोग
बिर्तामोड, १५ फागुन । फजुल खर्च गरेर जन्मदिन मनाउने पछिल्लो चलनलाई चिर्दै युवा व्यवसायी अजय चौधरीले आफ्नो जन्मदिनको अवसर पारेर सहयोग रकम हस्तान्तरण गर्नुभएको छ
पर्पल किचन एण्ड इन्टेरियरका सञ्चालक चौधरीले प्रेस चौतारी झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषमा १५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गर्नु भएको हो ।
आज बिर्तामोडस्थित प्रेस चौतारी झापाको कार्यालयमा रकम हस्तान्तरण गर्दै उहाँले कोषको महत्व बुझेर सहयोग रकम हस्तान्तरण गरेको बताउनु भयो । उपचार कोषका संयोजक भिमा शिवाकोटीले एउटा माथि अर्को ईटा थपेर मानवीय सेवाका लागि सहयोग गरेकोमा चौधरीलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य गोपाल काफ्ले, जिल्ला अध्यक्ष प्रदिप परियार, उपाध्यक्ष सुनिरा मैनाली, पत्रकार महासंघका सहसचिव रमेश तिवारी, सदस्यहरु प्रकाश बाँनिया, अस्मिता साँखी, तिर्थ तिम्सिना, कबिचन्द्र गुरागाईलगायतको उपस्थिती रहेको थियो ।