बैशाख १९, २०८२ शुक्रबार

अपाङ्गता भएका व्यक्तिहरुलाई सामग्री हस्तान्तरण

शनिश्चरे । अर्जुनधारा नगरपालिका – ८ स्थित प्रज्वला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना र झापाली समाज इजरायलको सहयोगमा नगर क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरुलाई सामग्री एक कार्यक्रमका बीच हस्तान्तरण गरिएकोछ ।

होली पर्वको अवसर पारेर संस्थाद्वारा आयोजित कार्यक्रम अनुसार झापाली समाज इजरायलमा कार्यरत विषेश डाँगी ,विज्ञान नेपाल ,जानुका चापागाईं, राजिव कठेत, मुना सिटौला अधिकारी, मदन आचार्य लगायतको जन्मोत्सवको उपलक्ष्यमा उपहार सामाजिक कार्यमा भन्ने नारासहित सामग्री हस्तान्तरण गरिएको हो ।

झापाली समाज इजरायलका अभिभावकद्वय भीम बहादुर कठेतको सभापतित्व तथा पर्शुराम कठेतको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा अशक्त अपाङ्ग ठाकुरसिंह गुरुङलाई व्हील चियर १ थान, थर्के धिमाललाई वकर १ थान , पवन अधिकारीलाई एयर कुशन १ थान, मान कुमार श्रेष्ठलाई सेतो छडी १ थान र केबल बानियाँ, गंगाराम करुङवान, लिलाजङ्ग थापा र मिलन दाहाललाई १÷१ जोर वैशाखी प्रदान गरिएको आयोजक संस्थाकी व्यवस्थापक तुलसा कुँवरले जानकारी दिइन् ।

कार्यक्रममा ४२ हजार ५ सय मुल्य बराबरको सामग्री वितरण गरिएको बताइएको छ । समग्र झापाको विकासका लागि हामी झापाली भन्ने मुल नाराका साथ सन २०१५ मा स्थापना भएको झापाली समाज इजरायलले सामाजिक कार्य गर्दै आइरहेको छ ।

झापामा मात्र नभएर देशका विभिन्न स्थानहरुमा सामाजिक काम गर्दै आएको छ । इजरायलमा कार्यरत सम्पूर्ण झापालीलाई संगठित गर्ने काम गर्दछौं । गत फागुन २ गते छैटौं बार्षिक अधिवेशनबाट मुना सिटौला अधिकारीको अध्यक्षतामा ३५ सदस्यीय कार्य समिति चयन गरिएको पश्चात् अर्जुनधारा नगर क्षेत्रमा यो पहिलो कार्यक्रम भएको झापालीहरुले सामाजिक सञ्जाल मार्फत पठाएको संदेश व्यवस्थापक कुँवरले पढेर सुनाइन् ।

सहकारी संस्थाका अध्यक्ष डिल्ली बहादुर घोर्साइँले स्वागत मन्तव्य राखेको कार्यक्रममा संस्थापक अध्यक्ष दिपेन्द्र काफ्ले, उपाध्यक्ष रञ्जना कार्की, इजरायल झापाली समाजका परिवार कविता कठेत लगायतको आतिथ्य रहेको थियो । त्यसबीच सद्भाव होली पर्वको अवसरमा प्रमुख अतिथि पर्शुरामले कार्यक्रममा उपस्थित हुने सम्पूर्णलाई अबिरको टीका लगाइ दिएका थिए । कार्यक्रमको सञ्चालन व्यवस्थापक कुँवरले गरेकी थिइन् ।

प्रकाशित मिति : फाल्गुन २९, २०८१ बिहीबार  ७ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]