भद्रपुर-६ मा नेकपा एमालेको टोल कमिटीहरुमा जरा अभियान
बिर्तामोड । नेकपा एमाले भद्रपुर वडा नम्बर ६ को कृष्ण टोलमा भएको भेलाले गणेश गुप्ताको अध्यक्षतामा कृष्ण टोल कमिटी गठन गरेको छ ।
आइतबार भद्रपुर ६ स्थित कष्ण टोलमा भएको एमाले भद्रपुर नगर सदस्य प्रकाश शर्माको अध्यक्षतामा भएको भेलाले गुप्ताको अध्यक्षतामा ११ सदस्यीय टोल कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा मुुकेश चौधरी, सचिवमा दिनेश चौधरी, उपसचिवमा मिना विश्वास र लक्ष्मण कामती सर्वसम्मत निर्वाचित हुनु भएको छ ।
टोल कमिटीको सदस्यहरुमा पवन सहनी, सविता राय, शिला विश्वासरामु सहनी र गोविन्द राय हुनु भएको छ । आवश्यकताका आधार सदस्यहरु बृद्धि गर्दै लैजाने अध्यक्ष गुप्ताले बताउनुभयो ।
भेलालाई नेकपा एमाले कोशी प्रदेश सल्लाहकार सदस्य माधव विद्रोही, एमाले झापा उपसचिव अशारु राजवंशी र नगर सचिव डिल्लीराम पोखरेलले जरा अभियानका बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रम वडा कमिटी सचिव संध्या हाडाले सञ्चालन गर्नु भएको थियो ।
माता टोल कमिटी गठन
त्यसैगरी, भद्रपुर–६ स्थित माता टोलमा भएको नेकपा एमाले भेलाले चन्द्र माझीको अध्यक्षतामा ११ सदस्यीय माता टोल कमिटी गठन गरेको छ ।
आइतबार नेकपा एमाले भद्रपुर वडा नम्बर ६ का सदस्य दिलिप माझीको अध्यक्षतामा भएको भेलाले सो कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा ममता माझी, सचिवमा अर्जुन माझी, उपसचिवमा द्वय लविङ माझी र रुपाली माझी रहनु भएको छ । भेलाले टोल कमिटीको सदस्यहरुमा सुकदेव माझी, गोमा माझी, कलुवा माझी, सुरेश माझी र शोभित माझीलाई सर्वसम्मत निर्वाचित गरेको छ ।
भेलामा एमाले कोशी प्रदेश कमिटी सल्लाहकार सदस्य माधव विद्रोही, नगर कमिटी सदस्य तथा पूर्व वडा अध्यक्ष प्रेमबहादुर बरुवाल तथा वडा सदस्य प्रकाश शर्माले जरा अभियानको प्रकाश पार्दै शुभकामना व्यक्त गर्नु भएको थियो । वडा कमिटी सचिव संध्या हाडाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।