बैशाख १९, २०८२ शुक्रबार

भानु टोल कमिटी गठन

भद्रपुर । नेकपा एमाले भद्रपुर –६ स्थित भानुटोमा भएको टोलस्तरीय भेलाले दुर्गा न्यौपानेको अध्यक्षतामा भानु टोल कमिटी गठन गरेको छ ।

सोमबार भएको भोलाले १९ सदस्यीय भानु टोल कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा निशा राई, सचिवमा मञ्जु राजवंशी, उपसचिवमा नेत्र चम्लागाई, आन्न्द थापा सर्वसम्मत निर्वाचित हुनु भएको छ ।

त्यसैगरी, उक्त कमिटीको सदस्यहरुमा सन्दिप सरकार, मिना मगर, मैहिनी ठाकुर, कल्पना बोगटी, सुमित्रादेवी ठकुरी, रोहित कटुवाल, सञ्जय यादव, टुनटुन देव, सविता थापा, ज्योति राई, कमला पाण्डे, तुलसा लिम्बू, रेणुका चम्लागाई निर्विरोध निर्वाचित हुनुभएको छ ।

नेकपा एमाले ६ नम्बर वडा कमिटीको सदस्य रण बहादुर ठकुरीको अध्यक्षता तथा एमाले कोशी प्रदेश कमिटीका सल्लाहकार सदस्य माधव विद्रोहीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलालाई नेकपा एमाले प्रदेश कमिटी सदस्य शिवकुमार राजभण्डारी, पूर्व वडा अध्यक्ष तथा नगर कमिटीका सदस्य प्रेम बहादुर बरुवाल, नगर सदस्य तथा कार्यपालिका सदस्य प्रशंसा ठटाललगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रम वडा कमिटी सचिव संध्या हाडाले सञ्चालन गर्नु भएको थियो ।

प्रकाशित मिति : चैत्र ५, २०८१ मंगलबार  १० : १७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]