जेष्ठ ६, २०८२ सोमबार

संविधान प्रदत्त जिम्मेवारी पूरा गर्न सदैव कटिबद्धः नेपाली सेना

काठमाडौँ, ६ चैत –  नेपाली सेनाले संविधान प्रदत्त जिम्मेवारी पूरा गर्न सदैव कटिबद्ध रहेको जनाएको छ । जनसम्पर्क तथा सूचना निर्देशनालयले आज विज्ञप्ति जारी गर्दै नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताका लागि संविधानले तोकेको जिम्मेवारी पूरा गर्न तत्पर रहेको स्पष्ट पारेको हो ।

विगत केही दिनयता विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत नेपाली सेनालाई जोडेर विभिन्न टीका टिप्पणी र विश्लेषणहरु सम्प्रेषण भएकाले नेपाली सेनासम्बन्धी जानकारी लिन जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरु सम्प्रेषण गर्न अनुरोध गरेको छ ।

नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरु नियमित रुपमा पत्रकार सम्मेलन, प्रेस विज्ञप्ति, प्रेस नोट, आधिकारिक सामाजिक सञ्जाल र सैनिक कार्यक्रममार्फत सार्वजनिक गर्दै आएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : चैत्र ६, २०८१ बुधबार  ९ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]