मेची क्याम्पसको २१ औं स्ववियु सभापतिमा निलमको रेकर्ड ब्रेक
बिर्तामोड । मेची बहुमुखी क्याम्पस भद्रपुरको २१ औं स्ववियु सभापतिमा निलम कार्की निर्वाचित भएकी छन् । उनी मेची क्याम्पसको पहिलो छात्रा स्ववियु सभापति बन्दै नयाँ रेकर्ड बनाउन सफल भएकी हुन् । उनलाई नेपाल विद्यार्थी संघले सभापतिको उम्मेदवार बनाएको थियो ।
मेची बहुमुखी क्याम्पसको पहिलो स्ववियु सभापति अनेरास्ववियुबाट ०२२ सालमा जगतबहादुर श्रेष्ठ निर्वाचित भएका थिए । ०२३ सालमा हरि भेटुवाल (अनेरास्ववियु), २०२४ सालमा राजेन्द्र थापा (अनेरास्ववियु), ०२५ सालमा राधाकृष्ण मैनाली (अनेरास्ववियु), ०२६ सालमा वासुदेव शर्मा (अनेरास्ववियु), ०२७ सालमा चन्द्रप्रकाश मैनाली (अनेरास्ववियु), ०२८ सालमा इन्द्र के.सी (अनेरास्ववियु), (साथै सोही सालमा उपसभापति तुलसी उप्रेती कार्यवाहक सभापति) बनेका थिए ।
२०२८–३६ सालसम्म तत्कालीन राजनीतिक व्यवस्थाले विद्यार्थी संगठनलाई देशव्यापी रुपमा प्रतिबन्ध र स्ववियु निर्वाचनमा रोक लगाएको थियो ।
त्यसपछि ०३६-०३७ सालमा पुष्पराज पोखरेल (अनेरास्ववियु), २०३८-३९ सालमा चन्द्र भण्डारी (अनेरास्ववियु), २०४३ सालमा मेघप्रसाद रेग्मी (अनेरास्ववियु), २०४५ सालमा परासर नेपाल (अनेरास्ववियु), २०४९ सालमा मोहन महर्जन (ने.वि संघ), २०५१ सालमा अर्जुन पाण्डे (अनेरास्ववियु), २०५३ सालमा मदन शिवाकोटी (अनेरास्ववियु), २०५५-०५७ सालमा गणेश पोखरेल (ने.वि संघ) २०६० सालमा बसन्त बानियाँ (अनेरास्ववियु), २०६२ सालमा असारु राजवंसी (अनेरास्ववियु), २०७३ सालमा भुवन बुढाथोकी (ने.वि संघ) र २०७९ सालमा सन्देश धमला (पवन) (अनेरास्ववियु) निर्वाचित भएका थिए ।