जरा अन्तर्गत मोतियाबाडी टोल कमिटी पुनर्गठन
भद्रपुर । नेकपा एमाले भद्रपुर वडा नम्बर ६ अन्तर्गत मोतियाबाडी टोल कमिटी पुनर्गठन भएको छ । बुधबार साँझ ५ बजे मोतिबाडीमा भएको एमाले भेलाले पुण्यप्रसाद भण्डारीको अध्यक्षतामा ११ सदस्यीय टोल कमिटी पुनर्गठन गरेको हो ।
मोतियाबाडी टोल कमिटीको उपाध्यक्षमा राहुल राजवंशी, सचिवमा श्याम खवास सदस्यहरुमा सविता श्रेष्ठ, आयुष शिव, कला विक, दुर्गा खतिवडा, ताराकार्की, रावित्रा राजवंशी, कल्पना राजवंशी, लक्ष्मी राजवंशी सर्वसम्म चयन हुनु भएको छ ।
नेकपा एमाले भद्रपुर वडा नम्बर ६ को वडा कमिटी सदस्य तथा मोतियाबाडी टोल सहजकर्ता प्रशंसा ठटालको अध्यक्षतामा भएको भेलामा एमाले कोशी प्रदेश कमिटीका सल्लाहकार तथा वडा नम्बर ६ का अभियन्ता माधव विद्रोही र पूर्व वडा अध्यक्ष तथा नगरकमिटी सदस्य प्रेम बरुवालले जरा अभियानका बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रम वडा कमिटीका सचिव संध्या हाडाले सञ्चालन गर्नु भएको एमाले युवा नेता अभिशेक प्रधानले जानकारी दिनुभयो ।