हल्दीबारीको १८ औं गाउँसभाबाट पाँच ऐन तथा कार्यविधि पारित
हल्दिवारी । हल्दीबारी गाउँपालिकाको १८ औं गाउँसभा अधिवेशन बिहीवार सम्पन्न भएको छ । हल्दिबारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनको अध्यक्षतामा भएको हिउँदे अधिबेशनले ऐन र कार्यविधि पास गरेको हो ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन ( महेन्द्र) ले दिनुभएको जानकारी अनुसार पालिका प्रवक्ता एवं वडा नम्बर १ का अध्यक्ष देवी बहादुर थापाले प्रस्तुत गर्नुभएको ५ वटा ऐन तथा कार्यविधिलाई सर्वसम्मतले अनुमोदन गर्दै पास गरेको छ ।
उनका अनुसार हल्दीबारी गाउँपालिकाको गाउँ-नगर प्रहरी (व्यवस्थापन तथा संचालन) सम्बन्धि ऐन २०८१ , शिक्षक सरुवा सम्बन्धी कार्यविधि २०८१, हाट बजार संचालन तथा व्यवस्थापन कार्यविधि २०८१, प्राविधिक तथा सीप बिकास सम्बन्धि कार्यविधि २०८१ र उत्कृष्ट कृषक पुरस्कार कार्यविधि २०८१ रहेका छन् ।
सभा अधिवेशनमा पालिका उपाध्यक्ष लक्ष्मी देवी मैनालीले बजेट र कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे । सभाले केहि योजनाहरु थपघट कुल बजेटमा नघटाई पारित समेत गरेको जनाइएको छ ।