बैशाख २६, २०८२ शुक्रबार

झापाबाट १ हजार ६ सय ३६ किलो गाँजासहित दुई वटा ट्रक नियन्त्रणमा

झापा – बुद्धशान्ति गाउँपालिका–४ मेची राजमार्गबाट सशस्त्र प्रहरीले १ हजार ६ सय ३६ किलो गाँजासहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ ।

को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको मिनी ट्रकलाई विशेष सूचनाको आधारमा नम्बर–१ बराह बाहिनी मुख्यालय र नम्बर–२ गण झापा मातहत सुरक्षा वेश टिमाईबाट खटिएको संयुक्त सुरक्षा टोलीले हिजो गाँजासहित समातेको हो ।

जाँच गर्दा ५७ वटा बोरामा राखेर ल्याउँदै गरेको गाँजासहित धनकुटाको शहीदभूमि नगरपालिका–४ बस्ने महेश राई र इलामको माईजोगाई गाउँपालिका–२ बस्ने गंगाबहादुर बस्नेत पक्राउ परेका छन् । साथै उनीहरुको साथबाट नेपाली ८७ हजार ८ सय ८० रुपैयाँ र ५ थान मोबाइल सेटसमेत बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गाँजा, ट्रक र पक्राउ परेका राई र बस्नेतलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको सशस्त्र प्रहरी नायव उपरीक्षक एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : चैत्र ९, २०८१ शनिबार  १० : ३४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]