बैशाख २०, २०८२ शनिबार

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत

काठमाडौं । नेकपा एमालेनिकट श्रमजीवी पत्रकारको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ ।

अध्यक्षका अर्का आकाङ्क्षी राजेश राईले पाण्डेलाई नै समर्थन गरेपछि पाण्डे सर्वसम्मत अध्यक्ष बन्नुभएको हो । सोमबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा चेतन अधिकारी र कृपा भण्डारी सर्वसम्मत हुनुभएको छ । त्यस्तै महासचिव हिरामान लामा दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

यसै गरी उपमहासचिवमा हरिबल्लभ नेपाल सर्वसम्मत हुनुभएको छ भने सचिवहरूमा विष्णु तारुके, प्रदीप आचार्य, विक्रम लुइँटेल र नरेश भण्डारी निर्वाचित हुनुभएको छ ।

यसै गरी संगठनमा वरिष्ठ नेताको हैसियत हुने गरी विश्वमणि सुवेदीलाई निवर्तमान अध्यक्ष पछिको स्थानमा राख्ने निर्णय हलले पारित गरेको छ । संगठन विभाजन हुँदा प्रेस संगठनको अध्यक्ष बन्नु भएका सुवेदी सिङ्गो टिम सहित केही समय अघि प्रेस चौतारी नेपालका नै फर्कनु भएको थियो ।

९९ सय सदस्सीय केन्द्री समितिमा पदाधिकारी पछिको वर्यादमा रहने गरी शिवशक्ति आचार्य र निरकराज जोशीलाई सचिवालय सदस्य तोकिएको छ । बाँकी सचिवालय सदस्य पछि चयन गरिने कार्यक्रममा अध्यक्ष मण्डलका सदस्य गणेश बस्नेतले जानकारी दिनुभएको थियो ।

संगठनका सबै प्रदेशका इञ्चार्जको जिम्मेवारी पनि सभाबाट नै तोकिएको छ । जस अनुसार केन्द्रीय सदस्य नूतन श्रेष्ठलाई कोशी प्रदेश इञ्चार्ज, अच्युत पौडेललाई मधेस प्रदेश इञ्चार्ज, प्रतिमा सिलवाललाई वाग्मती प्रदेश इञ्चार्ज, गणेश पौडेललाई गण्डकी प्रदेश इञ्चार्ज, टीकाबहादुर बस्नेतलाई लुम्बिनी प्रदेश इञ्चार्ज, याम शर्मालाई कर्णाली प्रदेश इञ्चार्ज, दिलबहादुर छन्त्याललाई सुदूरपश्चिम प्रदेश इञ्चार्ज, हेमराज सिलवाललाई उपत्यका प्रदेश इञ्चार्ज, एसिमा महतलाई प्रतिष्ठान प्रदेश इञ्चार्ज र रघुनाथ सापकोटालाई एसोसिएट प्रदेश इञ्चार्ज तोकिएको छ ।

महाधिवेशनले अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र नीति अनुसन्धान आयोगका पदाधिकारी र सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन गरेको छ ।

प्रकाशित मिति : चैत्र १२, २०८१ मंगलबार  १२ : ११ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]