बैशाख १९, २०८२ शुक्रबार

झापामा सशस्त्रको छापा, एक करोडको अवैध लत्ताकपडा बरामद

बिर्तामोड । झापामा सशस्त्र प्रहरीले आज एक करोड बराबरको अवैध लत्ताकपडा र मोटरपार्टस् बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वाटर झापाले गोप्य सूचनाका आधारमा छापा हान्ने क्रममा उक्त अवैध सामान बरामद भएको सूचना अधिकारी सुमन पोखरेलले जानकारी दिए ।

झापाको मेचीनगर ६ झिल्के घाँमटोल स्थित सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापाबाट डिएसपी मदन कुमार रसाईलीको कमाण्डमा खटिएको टोलीले अनुसन्धानको क्रममा मदन पोख्रेलको घरबाट ३९ बोरा र उत्तम ठकुरीको घरबाट २० बोरा गरी अनुमानित मुल्य एक करोड बराबरको बिभिन्न प्रकारका कपडा तथा मोटरपार्टस बरामद गरिएको जनाइएको छ ।

बरामद सामान आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी लैजाने प्रकृयामा रहेको सूचना अधिकारी सुमन पोख्रेलले जनकारी दिए ।

सशस्त्र प्रहरीसँगै १२ः३० बजेको समयमा राजश्व अनुसन्धान कार्यालय इटहरीबाट अनुसन्धान अधिकृत बिधुर गौतमको २ जनाको टोली उक्त स्थानमा पुगे पश्चात कारबाही प्रक्रिया अघि बढाइएको थियो ।
सूचना अधिकारी पोख्रेलले अवैध चोरी निकासी पैठारी जन्य गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बलले सक्रियता जनाएको दावी गरेका छन् ।

प्रकाशित मिति : चैत्र १२, २०८१ मंगलबार  ७ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]